भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अग्रता थप फराकिलो बनेको छ ।नेमकिपाका सुनिल प्रजापतिले ९ हजार ४०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १७ सय ३ मत ल्याएका छन् ।नेकपा एमालेका रवीन्द्र लाछिमस्युले ११ सय मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका तुल्सी भक्त सुवालले ३१६ मत ल्याएका छन् ।नेमकिपाको गढ मानिने भक्तपुरमा ०७४ मा पनि प्रजापतिले नै फराकिलो मतान्तरले जितेका थिए । त्यसबेला प्रजापतिले २५ हजार ७३० मत ल्याउँदा निकतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५६० मत मात्रै ल्याएका थिए ।०५६ मा भक्तपुर–२ बाट सांसद निर्वाचित प्रजापति ०६३ सालमा अन्तरिम संविधानका मस्यौदाकार थिए । नेमकिपाको गढमा हेबीवेट प्रजापतिलाई मेयरका उम्मेदवार बनेका छन् ।उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी रजनी जोशीले ९ हजार ५६८ मत सहित अग्रता बनाइरहँदा एमालेकी रञ्जना खर्बुजाले १२ सय ५ मत ल्याएकी छिन् ।