
जनकपुरधाम । राजर्षिजनक विश्व विद्यालयका ८६ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागी हुनेगरी आवेदन दिएका थिए ।त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थी गोल्ड मेडलबाट विभूषित भएका छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थीले गोल्ड मेडल प्राप्त गरेका छन् ।सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा विश्वविद्यालय टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई कुलपति पदक दिइएको छ । त्यस्तै, रश्मीकुमारी सन् २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेकी हुन् ।उनले जनकपुरधामलाई ज्ञानको भूमि रहेको र चार हजार वर्षअघि यहाँ विद्वताको छलफल भएको ठाउँमा आज फेरी विश्वविद्यालय स्थापना भएकोमा खुशी व्यक्त गरे । उनले शिक्षा प्रणालीको प्राचिनता र पूर्वीय दर्शनको महत्वमा जोड दिदै शिक्षा क्षेत्रमा भएका कमजोरीलाई हटाउने प्रतिवद्धता जनाए ।जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।समारोहमा विश्व विद्यालयका सहउपकुलपति समेत रहेका मधेशका मुख्यमन्त्री शतिसकुमार सिंह, उपकुलपति प्रध्यापक डा. अमरप्रसाद यादव, वरिष्ठ साहित्यकार तथा प्रध्यापक डा. राजेन्द्र बिमल लगायत सहभागी थिए ।



























