काठमाडौं । प्रिय लिडरहरु मैदान नछाड्नुस अर्कोपटक जीत तपाईंको हुनेछ
प्रिय लिडर साथीहरु हामीले किन हार्यौं ? किनकि जनताले हामीलाई भोट दिनु भएन । हामीले हार्नुको मुख्य कारण यही हो
। त्यसो भए जनताले हामीलाई किन भोट दिनु भएन त ? वास्तवमा तपाईंले चुनाव हारेको होइन तपाईं हामी जनतामा पुग्न
नसकेको हो । जनतामा हाम्रो विचार पुर्याउन हामीले प्रचार माध्यमको प्रयोग गर्न नजानेको हो । हामी संगठित हुन नसकेको
हो । जनतामा पुग्नका लागि जुन पानीको नियम अनुसार तलतलसम्म पुग्नुपथ्र्यो त्यो पुग्न नसकेको हो । सचेत नेपालीले जुन
सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको विचार लिएको छ यो हार्ने विचार नै होइन । हामीले ठिक
तरिकाले समयमा जनतालाई यो विचार बुझाउन नसकेको हो । योजनाबद्ध प्रचारप्रसार गर्न नसकेको हो । यो हामीले
स्वीकार गर्नुपर्छ । हामीले प्रयासै नगरेको भन्न पनि मिल्दैन तर हामी जरातिर जानुको साटो अलि बढी डालीडालीतिर
घमेछौं ।
के पुराना पार्टीका स्थानीय जनप्रतिनिधि इमानदार भएर जनताको सेवा खटेका र स्थानीय समस्या समाधान गर्दै गएकाले
जनताले अर्को विचार, अर्को पार्टी र नयाँ मान्छे आउनु आवश्यक नदेखेर जनताले हामीलाई भोट नदिनु भएको हो त ? होइन
। तथ्यमा टेकेरै कुरा गर्ने हो भने पनि पुराना पार्टीका २० हजार भन्दा बढी स्थानीय जनप्रतिनिधिलाई भ्रष्टचारको मुद्धा
लागेको थियो जो अझै अदालत धाइरहेका छन् । एकदुएक प्रतिशत बाहेक पुराना पार्टीका पूरापूरा स्थानीय जनप्रतिनिधि
भ्रष्ट थिए । तिनै पार्टीका तिनै भ्रष्टलाई फेरि पनि यिनले पदमा पुगेर देश लुट्ने नै हो भन्ने थाहा हुँदाहुँदै जनताले भोट हाल्नु
भनेको जनताको बाध्यता हो किनकि यो कुरा भन्न जनतासम्म हामी पुग्न सकेनौं । चुनाव टेक्निकल कुरा पनि हो यसमा विचार
र उम्मेद्वार ठिक भएर मात्र जितिदैन भन्ने कुरा हामीले बुझ्न नसकेको पनि हो ।
जो जित्छ उही सिकन्दर भन्ने सोच समाजमा बलशाली छ । यहाँ जित्नेको पूजा हुन्छ । कसरी जित्यो कसैलाई मतलब छैन ।
जसरी पनि जित्नै पर्छ भन्ने सोच प्रत्यासीमा मात्र होइन, पार्टीका कार्यकर्ता र जनस्तरमा पनि यो मनोविज्ञान गाढा रुपमा
रहेको छ । समाजको यो मनोविज्ञानको कारणले पनि चुनावमा जसरी पनि जित्न पर्छ भन्ने सोच बलशाली भएको हो ।
यसको परिणाम के भयो भने जसरी पनि जित्नका लागि एक प्रत्यासी जे पनि गर्न तयार भयो । उसले जति पनि पैसा खर्च
गर्छ, जनतालाई जस्तोसुकै झूटो आश्वासन दिन्छ, भ्रम छर्छ, वैचारिक पक्षको कुनै मतलब नगरी जोसुकै सँग गठबन्धन गर्छ ।
भ्रष्ट, माफिया र विचौलिया दलालको सहयोग विनाहिचकिचाहट स्वीकार्छ किनकि उसलाई जसरी पनि जित्नु छ ।
हामीले कुनै पनि उम्मेद्वारलाई चुनाव जिताएर पदमा पुर्याउन चाहेको किन हो ? के केवल चुनाव जित्नका लागि मात्र हो ?
चुनाव जित्नु साध्य हो ? कि चुनाव जितेपछि देश र जनताका लागि केही सेवा गर्छ भनेर जिताउन चाहेको हो ? निर्वाचन
जित्नु साधन हो साध्य होइन । साध्य त विकास र जनहित हो । आजभन्दा ५ वर्षअघि स्थानीय चुनावमा निर्वाचित हुँदा
तिनको पनि जयजयकार भएको थियो जसरी अहिले जित्नेको भइरहेको छ तर के तपाई देशभरिमा कतै तिनले गरेको एउटा
पनि गौरवलाग्दो काम देखाउन सक्नु हुन्छ ? बरु मैले माथि लेखिसकें २० हजारभन्दा बढीलाई भ्रष्टचारको मुद्धा लागेको छ ।
जसरी पनि चुनाव जितेपछि त्यो विजेताले के गर्दौरहेछ ? यसैबाट हामी थाहा पाउन सक्छौं । यसपालि जसरी पनि चुनाव
जितेकाले त्यही गर्छ जुन अघिअघिकाले गरेका थिए । ऊ त्यही ढलबाट जन्मेको छ जुन पहिलाका जन्मेका थिए त्यसैले ऊ
पनि गन्हाउँछ जसरी पहिलाका गन्हाएका थिए । जिताउन आर्थिक सहयोग गर्नेहरुलाई पूर्वाधार विकासको काम सुम्पन्छ
अनि लुट् र लुटाउँछ । उसलाई जिताउन जयजयकार गर्दै कुदेका पार्टीका झोलेहरुलाई विभिन्न तालिमको नाममा खुवाउँछ,
पार्टीका कार्यकर्तालाई कृषि र अरु अनेक अनुदानको चाँजो मिलाउँछ र यो सबका लागि जनतालाई सास्तीका साथ थप कर
थोपर्छ । जनताले पैसा तिरेर फोहोर फाल्छु, पैसा तिरेर पानी खान्छु, पैसा तिरेर बिजुली बाल्छुभन्दा व्यवस्थापन गर्न समेत
सक्दैन । सक्दैन भन्दा पनि गर्दैन किनकि गर्यो भने उसले र उसकाले खान पाउँदैनन् । उसले जसरी पनि चुनाव जित्नुपर्छ भन्ने
सिद्धान्त प्रयोग गरेर विजय हासिल गरेको छ त्यसैले ऊ जनताप्रति होइन जसरी पनि जिताउनेप्रति उत्तरदायी छ । जनता त
उसका लागि खरिद बिक्रीका सामान मात्र हुन् ।जसरी पनि चुनाव जित्नुपर्छ भन्ने सिद्धान्त प्रयोग नगरेका कारणले हार्नुभएका प्रिय लिडरहरु तपाई जितेर अलिक ठूलो
स्तरमा जनताको जुन सेवा गर्न चाहनु हुन्थ्यो त्यसको दायरा अलिक कम भएको मात्र हो तर तपाईंले हार्नुभएको छैन । हारें
भनेर चिन्तामा र निराशामा समय नबिताउनुस् आजैदेखि जनताको सेवामा लाग्नुस् । जसरी पनि चुनाव जित्न लागेको भए
तपाई पनि जित्न सक्नुहुन्थ्यो किनकि चुनाव जित्ने पनि विधि हुन्छ र यो टेक्निकल कुरा पनि हो जुन मैले माथि लेखिसकेको छु ।
बलात् जित्न नलाग्नु भएका सम्पूण लिडरहरुलाई मेरो हार्दिक अनुरोध छ एक पैसा खर्च नगरी, इमानदार तरिकाले पनि
चुनाव जित्ने विधि र बाटो छ तर त्यसका लागि तपाईंले त्यो बाटो र विधि पित्ता लगाउनु पर्छ । अब तपाईंले आफ्नो
नेतृत्वमा हरेक पालिकामा एउटा पालिकास्तरीय सचेत नागरिक आयोग बनाउनुस् । अहिले जसरी पनि जितेकाहरुले आफूले
जसरी पनि जित्न गरेको खर्च उठाउनका लागि जुन भ्रष्टचार गर्नेछन्, जनताको कर चोर्न थाल्नेछन् र त्यसका लागि
जनतालाई उनीहरुले जुन सास्ती दिनेछन् त्यसको भण्डाफोर गर्नुहोस् । तिनले गरेका भ्रष्टचारलाई जनतामा, अख्तियारमा र
अदालतमा पुर्याउनुस् । पालिकाका बजेट विनियोजनमा ध्यान दिनुस् । तिनले गरेका झारा टार्ने विकास मार्फतको लुटको
खेती बन्द गराउन् आक्रमक तरिकाले तिनका अगाडि खडा हुनुहोस् । आफ्नो अध्यायन पनि बढाउनुस्, सके एकघण्टा नभए
१५ मिनेट भएपनि दैनिक पुस्तक पढ्नुस् र पढ्न प्रेरित गर्नुहोस् , आफ्नो वरिपरि के भइरहेको छ चनाखो भएर थाहा
पाउनुस् । जनतामा जानुस् र कुरा सुन्नुहोस् । नेपालमै आविष्कार गरिएको सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक
समतावादको विचारधारा किन नेपाल र नेपालीका लागि मात्र नभएर विश्वकै लागि उपयोगी छ जनतालाई बताउनुस् ।
जनताको काम गर्न पाउँदा आफ्नो छोराछोरीका लागि केही गरिरहेको जस्तो खुसी मान्नुहोस् । जब तपाईं भावपूर्ण भएर
जनताको सेवामा समर्पित बन्नु हुन्छ जनताले देख्नेछन् । भगवानले देख्नेछन् । यो देखिनेछ र एक दिन जनताद्वारा अनुमोदन
हुनेछ । जब कोठामा बत्ति बालिन्छ तब जति नै बाक्ला पर्दा लाए पनि, झ्यालढोका गरे पनि त्यो बाहिर देखिन्छ । निराश
नबन्नुहोस् । क्विट नगर्नुहोस् । मैदानमा डटेर रहनुस् । एउटा हारबाट आत्तिएर भ्रष्ट र बेइमानहरुलाई सबै कुरा सुम्पेर खेलको
मैदान नछोड्नुस् । खेल्दैरहनुस्, अभ्यास बढाउँदै जानुस् अर्कोपटक हामी जित्नेछौं । अर्कोपटक इमानको राजनीति स्थापित
हुनेछ । निराश बनाएर तपाईंलाई खेलबाट निकाल्ने बेइमानहरुले अनेक उपाय गर्नेछन् किनकि तपाईंको उपस्थितले जसरी
पनि चुनाव जितेर आएका भ्रष्टहरुको निगरानी गरिरहेको छ । यसपालि हामीले हारेका छैनौ यसपालि हामीले सिकेका छौं ।
हिंड्न नछोड्नुस् हिंडिरहे पुगिन्छ । शिखरमा पनि पुगिन्छ । त्यसकारण आफ्नो लक्ष्यमा फोकस हुनुहोस् र इमानदारीका
साथ यात्रा जारी राख्नुस्, अर्कोपटक तपाईंको जित हुनेछ । अर्कोपटक तपाईंले जितेर देशलाई जिताउनुछ त्यसैले खेलको
मैदानमा आउनुस् र फेरि खेल्न थाल्नुस् ।धन्यवाद ।