
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको उनले बताए ।अध्यक्ष दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।
संघीय संसदका केहि कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको उक्त कार्याक्रममा उनले समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउने दायित्व सरकारको रहेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको बताए ।




























