
काठमाडौं| ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको भन्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री घिसिङले राजीनामा दिएका हुन् । उनले बुधबार राति बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा पनि गर्न लागेका छन् ।
प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ ।



























