
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छ । कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ ।निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ । कार्यक्रम अवधिभर सांसदहरूले मोबाइल साथमा लैजान नपाउने व्यवस्था गरिएको छ ।त्यस्तै, कार्यक्रम स्थलमा परिवारका सदस्य, साथी वा अन्य पाहुनालाई ल्याउन नपाइने पनि स्पष्ट गरिएको छ । पार्टीले कार्यक्रम भइरहेको होटल परिसरमा अन्य व्यक्तिलाई नबोलाउन सांसदहरूलाई निर्देशन दिएको छ ।पार्टीका अनुसार अभिमुखीकरण कार्यक्रममार्फत नयाँ सांसदहरूलाई संसदीय अभ्यास, दलको नीति तथा संसद्मा काम गर्ने प्रक्रियाबारे जानकारी दिने तयारी गरिएको छ ।




























