
काठमाडौं | निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।आयोग परिसरमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयोगक रामप्रसाद भण्डारीसहित आयुक्तहरुले समानुपातिक तर्फका ११० सांसदहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् ।समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४-४ जना सांसद निर्वाचित भएका छन् ।
आयोगले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताएको छ। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १८२ सिट जितेर दुई तिहाई नजिकको जनादेश पाएको छ ।आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।




























