
काठमाडौं । सरकारले भोलि (सोमबार) देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।प्रवक्ता पोखरेलका अनुसार पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको हो । शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने निर्णय भएको समेत पोखरेलले जानकारी दिए ।प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।




























