
काठमाडौं । नेपाली काँग्रेसले ट्विनअटर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गरेका हुन् ।
चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा सवार सबै यात्रुको निधनप्रति भएको छ । काँग्रेसले दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रुहरु सबैमा श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रवक्ता महतले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे ।
नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अबलम्बन गर्न पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।




























