काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले सबै हिसाबले उपयुक्त बजेट आएकाले सफल कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
उनले सीमाको बीचबाट बजेट विनियोजना भएको र यो कुनै पार्टीको जस्तो नभई गठबन्धन दलको समन्वय र सहकार्यमा बनेको बजेट भएकाले सकारात्मक र स्वागतयोग्य रहेको बताए ।
सांसद श्रेष्ठले कृषिलाई रूपान्तरण गरी उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकास र रोजगारी बढाउने, आयात नियन्त्रणमा प्रतिस्थापन तथा व्यापार घाटामा कटौती बजेटको मुख्य प्राथमिकता भएकाले बजेट उपयोगी र सान्दर्भिक रहेको उल्लेख गरे । उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, मितव्ययिता र सुशासनको विषयलाई बजेटले सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।