काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्पादनमुखी बजेट आएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी बजेट ल्याएकाले प्रभावकारी हुने बताएका हुन्।बजेटपछि सरोकारवाला सबैले बजेटको स्वागत गरेको उनले बताए। थापाले भने, ‘बजेट उत्पादनमुखी छ, किसानदेखि उद्योगीसम्म सबै खुशी छन्।’उनले स्थानीय तहसँग मिलेर काम गर्नुपर्ने धारणा राखे। उनले बजेट कार्यान्वयन गर्न सरोकारवाला निकायसम्म तल्काल छलफल गर्न आग्रह गरेका छन्। उनले बजेटले व्यापार घाटा कम गराउने दाबी गरे।https://dkura.com/news/2913/