
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ ।कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ भने तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशको पहाडी तथा तराई भूभाग, वाग्मती प्रदेशको तराई भूभाग र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।राति पनि देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भूभागका केही स्थानमा र वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा राति मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।



























