काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध हुने कुनै सोंच नरहेको बताएका छन्।
प्रधानमन्त्री तथा रक्षामन्त्रीका तर्फबाट संसदमा बजेटमाथि सांसदले राखेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खाणले एसपीपीमा आबद्ध हुने नेपालले कुनै निर्णय नगरेको र आबद्ध हुने सोंच पनि नभएको बताए।मन्त्री खाणले नेपालको भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाए।