गत वर्षको पुस १४ मा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि ५६ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसेका र्यापर लाउरेले लागूऔषधविरुद्धको अभियान सञ्चालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा लाउरेले लागूऔषधविरुद्धको अभियान नै सञ्चालन गर्ने भएका हुन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा उनी अभियन्ताका रूपमा अगाडि देखिने बताइएको छ । यही असार ६ गतेदेखि पोखरामा विभिन्न ठाउँमा अभियान सञ्चालन गर्ने तयारी छ ।