काठमाडौं । एकीकृत समाजवादीबाट सरकारमा सामेल भएका ४ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
शपथ ग्रहणसँगै आजै कार्यभार सम्हाल्नेछन् ।एकीकृत समाजवादीले यसअघि सरकारमा सामेल भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई सरकारमा सामेल गराएको हो ।
यसअघि पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) लाई फिर्ता बोलाएको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन् ।श्रममन्त्री बनेका कुँवर भने गैरसांसद हुन् ।