बैतडी। बैतडीमा जबरजस्ती करणीको आरोपका एक जना वडा अध्यक्षसहित दुई जना पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन् ।बैतडीमा जबरजस्ती करणीको आरोपका एक जना वडा अध्यक्षसहित दुई जना पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन् । पीडित महिलाले दिएको जाहेरीका आधारमा वडा अध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनीहरु दुवै जनामाथि जबरजस्ती करणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए ।अदालतबाट म्याद थपेर उनीहरुमाथि थप अनुसन्धान गरिने उनले बताए । नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।