मक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन।[२] खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्। झमक घिमिरेले प्राप्त गरेका केही प्रमुख पुरस्कारहरू कविता राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्विकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७,
लैनसिंह वाङ्देल पुरस्कार २०७२ हुन। उनी जिवन काडाँ कि फुल नामक पुस्तकका लेखक समेत हुन् ।