काठमाडौं - नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन विवाद टुंगिएको छ ।महासचिव पदमा मुख्य दाबेदार वर्षमान पुन र जनार्दन शर्माबीच मिलेर जाने सहमति भएसँगै पदाधिकारी चयनले पूर्णतः पाउने भएको हो ।मंगलबारको स्थायी कमिटी वैठकमा कृष्णबहादुर महराले आफू महासचिवको दौडबाट पछि हटेको जानकारी गराउनुभएको थियो । यस्तै अर्का दाबेदार वर्षमानले पनि मिलेर जान आफू तयार रहेको बताउनुभएको थियो । दुवै दाबेदार पछि हटेपछि जनार्दशन शर्मा महासचिव बन्ने निश्चितप्रायः छ ।महासचिवको दाबी गर्नुभएका जनार्दनले भने अरु कसैलाई समर्थन गर्नुभएको थिएन ।स्रोतका अनुसार जनार्दन महासचिव भए वर्षमान उपाध्यक्ष बन्नुहुनेछ । अहिले माओवादी विधानमा ५ उपाध्यक्ष पद कायम गरिएको छ । यस्तै जनार्दनको राजीनामापछि खाली भएको अर्थमन्त्रालयमा पनि वर्षमानलाई पठाउने अध्यक्ष दाहालको योजना रहेको एक नेताले बताए ।महासचिवमा टुङ्गो लागेपछि आज बस्ने केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष दाहालले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने सम्भावना बढेको बताइएको छ ।