काठमाडौं - अबको अर्थमन्त्रीमा वर्षमान पुन पक्का जस्तै भएको छ । अर्थमन्त्रीको पदबाट हिजोमात्रै जर्नादन शर्माले राजिनामा दिएपछि अब अर्थमन्त्रीको को बन्ला भन्ने सबैको चासोको विषय बनेको छ ।नेपाली कांग्रेसले अर्थ मन्त्रालय माओवादीको भागबाट खोस्ने ठुलो आवाज भने नउठेको होईन । तर यता माओवादीको केन्द्रले भने २ महासचिवको प्रमुख दाबेदार जर्नादन शर्मा र वर्षमान पुन बढि आंकाक्षी थिए ।अर्का दाबेदार वर्षमानले पनि मिलेर जान आफू तयार रहेको बताउनुभएको थियो । दुवै दाबेदार पछि हटेपछि जनार्दशन शर्मा महासचिव बन्ने निश्चितप्रायः छ । स्रोतका अनुसार जनार्दन महासचिव भए वर्षमान उपाध्यक्ष बन्नुहुनेछ ।जनार्दनको राजीनामापछि खाली भएको अर्थमन्त्रालयमा पनि वर्षमानलाई पठाउने अध्यक्ष दाहालको योजना रहेको एक नेताले बताए ।