काठमाडौँ । मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्री बालकृष्ण खाँणको आदेश र निर्देशनमा तालाबन्दी गरिएको एमालेका सांसद खगराज अधिकारीले आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वगृहमन्त्री तथा सांसद अधिकारीले बजेटमा सेन्टर अफ एक्सलेन्स बनाउने भन्ने योजना ल्याउने तर गृहमन्त्रीको निर्देशनमा तालाबन्दी हुने भन्दै आपत्ति जनाएका हुन् ।'७ हजार कर्मचारी, ६ हजार ५ सय प्राध्यापक, ४ लाख ५० हजार विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालय आज तालाबन्दीको सिकार बनेको छ,' उनले भने, 'स्वयम् गृहमन्त्रीको ठाडो निर्देशनमा गुन्डागर्दी गरेर तालाबन्दी गर्ने अनि सेन्टर अफ एक्सिलेन्सी बनाउँछु भनेर नाटक गर्ने काम तुरुन्त बन्द गरियोस् ।'त्रिविमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ त्रिवि इकाईले २०७८ माघ ७ देखि तालाबन्दी गरिरहेको छ ।