झापा- झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरेका छन्।उनीहरूले एउटै रूखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।जिल्लाकाे कचनकवल गाउँपालिका वडा- ५ पाठामारीका ती किशोरी पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका प्रहरीले जनाएको छ।आत्महत्या गर्नेमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन्।उनीहरू आइतबार बिहान ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका थिए।घटनाको सूचना पाएलगत्तै प्रहरी टोली पाठामारी पुगेर अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले किशोरीहरूले आत्महत्या गरेको विषयमा सोधपुछ तथा अन्य अनुसन्धानकाे काम भइरहेको देशसञ्चारलाई जानकारी दिए।गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेर ती किशोरीले आत्महत्या गरेका प्रहरीले जनाएको छ।