
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने भर्एको छ । बैठक आज (आइतबार) बिहान ११ बजेदेखि बस्ने भनिए पनि केहीबेर ढिला बस्ने भएको हो ।प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको हिजो (शनिबार) साँझ बसेको बैठक निष्कर्षहिन अवस्थामा पुगेको थियो ।प्रधानमन्त्रीको नयाँ सन्देशका आधारमा रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिने बताइएको छ भने सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना पनि गरेका छन् ।Source:News of Nepal




























