
पछिल्ला केही सातायता काठमाडौंमा निकै गर्मी महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा बुधबार दिउँसो ३ बजेको तापक्रम ३१ डिग्री सेल्सियस छ ।मंगलबार काठमाडौंको अधिक्तम तापक्रम ३२.७ डिग्री सेल्सियस पुगेको थियो । जुन अप्रिल महिनामा काठमाडौंको औसत तापक्रमभन्दा चार डिग्री सेल्सियस बढी हो ।विभागका अनुसार अप्रिलमा काठमाडौंको औसत तामक्रम २८.२ डिग्री सेल्सियस हुने गरेको छ ।काठमाडौंमा तत्काल पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । बिहीबारपछि मौसम बदली रहने र बादल लाग्ने विभागको पूर्वानुमान छ ।




























