
काठमाडौं । विद्यार्थी एकता दिवसको अवसर पारेर पाच विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी,नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु,राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ,नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गर्न लागेका हुन्। जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल सहभागी हुने अनेरास्ववियुका उपाध्यक्ष जिपि मैनालीले जानकारी दिए। उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुने बताए। 'विद्यार्थीहरुमा एकताको सन्देश दिन आफुहरुले संयुक्त कार्यक्रम गर्न लागेका छौ' मैनालीले भने,'पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।'




























