
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्दै यस वर्ष मल अभाव नहुने बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले ७१ हजार मेट्रिक टन विभिन्न डिपोमा मौज्दात रहेको र भारतको कोलकत्ताबाट ४५ हजार डिएपी मल यही महिनाभित्र नेपाल भित्रिने बताए ।रासायनिक मलको लागि १५ अरब विनियोजन भए पनि थप २३ अरबको स्रोत सुनिश्चित गरी मल आपूर्तिलाई सुद्धृढ गरिएको उनको भनाइ थियो ।




























