
काठमाडौं महानगरपालिकाले बहुचर्चित ललिता निवासको जग्गा संरक्षण शुरु गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) वालुवाटारस्थित ललिता निवासमा जग्गा घोटाला गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, धर्मप्रसाद गौतम र पुर्व निर्वाचन आयुक्त सुधिर शाहलाई पक्राउ गरी दोस्रो पटक अनुसान्धान शुरु गरेपछि कामपाले गरेको सो काण्डमा घोटाला गरिेको जग्गा संरक्षण शुरु गरेको हो ।पहिलो चरणमा घेराबार लगाउन, भौतिक संरचना भए निर्माण रोक्न र भएको भवन खाली गर्न कामपाको टोली ललिता निवासको जग्गामा पुगेको हो ।कामपा नगरप्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा कामपाका नक्सा विभागका इन्जिनियर , वडानं ४ का वडाका जनप्रतिनिधि सहितको टोली जग्गामा पुगेका थिए । लगत्तै कामपाका टोलीले सो क्षेत्रमा निर्माण गरिएको करिब ८ वटा टहरा तत्काल खाली गर्न निर्देशन दिएको छ ।कामपा प्रहरी प्रमुख पाण्डेले निर्माण, सामाग्री सहित विभिन्न वस्तु भण्डारण गरिएको ठुला ठुला टहरा हटाउन करिब एकसाता समय दिने जानकारी दिनुभयो । कामपाको टोलीले हिजैबाट सो जग्गाको नापजाच शुरु गरेको छ । एनआर एन र भाटभेटेनीको गोदाम खालीगर्ने विषयमा कामपाले सरकारसंग समन्वय गर्ने भएको छ ।कामपा प्रवक्ता नविन मानन्धरले सार्वजनिक सम्पत्ती संरक्षण गर्ने दायित्व कामपको भएकाले सोही अनुसार कारबाही शुरु गरेको जानकारी दिनुभयो ।




























