
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरूद्ध भएको दिनको सेवा सुविधा नलिने भएका छन् ।शुक्रबार संसद अवरुद्ध भएको दिनको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने भन्दै सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई पत्र बुझाएका छन् ।उनले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद् निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिक रूपमा पत्र दर्ता गराएको भन्दै बैठक नचलेको दिन आफ्नो पार्टीको सांसदहरुलाई सुविधान नदिन आग्रह गरे ।पत्रमा भनिएको छ, ‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्छ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ ।’




























