ज्योति बुढाबाँके । बसन्त ऋतुसंगै कोहलपुरमा फुलेको घण्टी फूल र चमेली फूलहरु फुलेका छन् ।-घण्टी फूल
आयुर्वेदमा घण्टी फूलको औषधीय गुणबारे वर्णन गरिएको छ। यस फूलको जरादेखि फूलसम्म हरेक चिज कुनै न कुनै रोगका लागि अचुक औषधिको रुपमा काम गर्छ। पार्कदेखि घरको बगैंचामा पाइने घण्टी फुल सामान्यतया रातो रंगको देखिन्छ, तर यस फूलको रंग गुलाबी, सेतो, पहेंलो र बैजनी पनि हुन्छ। घण्टी फूलको वैज्ञानिक नाम हिबिस्कस सब्बर्डिफा हो।-चमेली फूल
चमेली फूल मनमोहक र बास्नादार हुन्छ । यस फूलको बास्नाले वरपरको वातावरण निकै आनन्दमय बनाउँछ । यसको उपयोग माला बनाउन र अत्तर उत्पादनमा विशेष प्रयोगमा ल्याइन्छ । तस्बिर: ज्योति बुढा