एडोल्फ हिटलरका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए । उनी, मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए ।
फ्रान्केनबर्गर नामका धनी यहूदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन । हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमाले अर्कोसँग विवाह गरिन् । जसको नाम जोहन गर्ग हिडलर थियो । विवाह गरेको पाँच वर्षपछि मारियाको मृत्यु भयो । त्यही बेलादेखि नै एलोइस आप्mना काकासँग सानो कृषि फार्ममा बस्न थालेका थिए ।
कृषि फार्मबाट वाक्क भएर एलोइस १३ वर्षको उमेरमा नै केही गर्न भनेर भियना गए । त्यहाँ गएर उनले जुत्ता बनाउने पसलमा अति नै थोरै पैसामा काम गर्न थाले । पछि, अष्ट्रियन नागरिक सेवामा भर्ना भए । त्यही उनी सहायक भन्सार कर्मचारी भए । उनले अत्यन्तै मेहनत गरे, राम्रो काम गरेर देखाइ दिए । जसको फलस्वरुप उनी “सुपरिवेक्षक” सम्म बने । सन् १८७५ सम्ममा, आप्mनो कडा मेहनतले उनी ‘वरिष्ठ सहायक निरीक्षक’ भए । एउटा गरीब किसान केटोबाट त्यस पदसम्म उनले जीवनमा ठूलो फड्को मारे ।
त्यो बेला एउटा घटना घट्यो जुन भविष्यको निम्ति ठूलो संकेत हुनपुग्यो । एलोइस आप्mनो नामको पछाडि आमाको नामसँग जोडिएको स्चीकग्रुबर ९क्अजष्अपनिचगदभच० राख्ने गर्थे । तर नागरिक सेवामा उनले प्राप्त गरेको सफलतापछि उनका काकाले आप्mनो थर हिडलर ९ज्ष्भमभिच० नै लेख्न एलोइसलाई राजी बनाए । एलोइसले पनि आप्mनो पारिवारिक नामलाई नै निरन्तरता दिए । जब अभिलेख किताबमा नाम दर्ता गराइयो तब उनको नाम एलोइस हिटलर ९ज्ष्तभिच० हुन पुग्यो, भुलबस । यसरी सन् १८७६ मा ३९ वर्षको उमेरमा एलोइस स्चीकग्रुबर एलोइस हिटलर बन्न पुगे ।
सन् १८८९ अप्रिल २० का दिन एडोल्फ हिटलर जन्मेका थिए । जर्मनीको सीमा छेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा उनको जन्म भएको थियो ।
हिटलरको परिवार सहज जीवनको खोजीमा फेरि अर्को ठाउँमा स¥यो । त्यसपछि लगत्तै हिटलर ६ महिनासम्म बेनेडिक्टको धार्मिक आश्रममा बसे । जहाँ धार्मिक व्यक्तिहरु मात्र बस्थे । त्यस आश्रममा बस्ने सन्तहरुले लगाउने कोटको बाहुलामा एउटा चिन्ह अंकित हुन्थ्यो । त्यस चिन्हलाई स्वस्तिका भनिन्थ्यो । सानोमा एडोल्फको सपना धार्मिक पण्डित हुने थियो । बाल्यकालभरि एडोल्फ हिटलरलाई उनका बाबुले पिटे । यो विषयमा एक व्यक्तिले भनेका थिए, ‘अनुशासनको लागि यसो गरिएको थियो तर यो राम्रो तरिका थिएन ।’
एलोइस आफू जस्तै अरु पनि आज्ञाकारी हुन् भन्ने आशा गर्थे । उनी आप्mना छोरा–छोरीलाई अह्राउने गर्थे र सो अनुसारको कामको पनि आशा गर्दथे । प्राइमरी स्कुलमा हिटलरले अति राम्रो गरे र अति नै राम्रो शैक्षिक भविष्य देखाए । उनको अगाडि उज्ज्वल भविष्य देखिन्थ्यो । उनी आप्mना अन्य सहपाठी माझ लोकप्रिय थिए र आफूभन्दा ठूलाबाट प्रशंसित हुन्थे । सबैभन्दा ठूलो कुरा त आप्mनो “नेतृत्व क्षमता” को विलक्षण प्रतिभा उनमा देखियो । उनी अति धार्मिक प्रवृत्तिका बच्चा थिए । उनले आफू सन्त बन्ने कुरा पनि सोचे । त्यही बेला हिटलर परिवार अस्ट्रियाको एक शहर “लामवेक” मा सरे । त्यो ठाउँ लिन्ज र सजबर्गको बीचमा पथ्र्यो । हिटलरलाई यसरी सर्नुको अर्थ थियो, खेतको कामबाट मुक्ति पाउनु र खेल्न धेरै समय पाउनु । त्यहाँ पनि हिटलर स्कुल जान थाले र स्कुलमा उनले राम्रो गरे । उनी एक धार्मिक स्कुलमा भर्ना भएका थिए । उनले त्यहाँ गीत गाउने केटाहरुको कोरसमा भाग लिए । उनी गीत राम्रो गाउँथे, भनिन्छ उनको राम्रो स्वर थियो । वर्षौंपछि हिटलरले भनेका थिए, ‘कुनै चाड, उत्सव र क्याथोलिक समारोहहरुमा उनी अति नै उत्साही र खुशी हुन्थे र पछि उनमा त्यसको गम्भीर असर प¥यो ।’
हिटलरको परिवारले अचानक एक वियोगको सामना गर्नुप¥यो । उनका भाइ एडमण्डको ६ वर्षको उमेरमा दादुराको कारण मृत्यु भयो । बच्चा एडोल्फ जो युद्धसम्बन्धी खेल खेल्न रुचाउँथे र काल्पनिक मृत्युको खेल खेल्थे । तर यसरी पहिलोपल्ट वास्तविक मृत्यु देखे । यसले एडोल्फमा गम्भीर असर प¥यो । उनको मृतक भाइलाई घर नजिकै चिहान बनाएर राखियो । एडोल्फ सुत्ने कोठाको झ्यालबाट यो चिहान देखिन्थ्यो । वर्षौं पछाडि पनि कहिलेकाहीं एडोल्फ हिटलर राति चिहानमाथि बसेर आकाशमाथि हेरेर घण्टौंसम्म टोलाइरहेका हुन्थे । कहिले भने झ्यालमा बसेर चिहानतिर हेरेर टोलाइरहेका हुन्थे ।
एलोइस जो हिटलर जन्मदा ५२ वर्षका थिए । उनी आप्mना छोराले राम्रो काम गरुन् भन्ने कुरामा अति उत्सुक थिए । एलोइस अति कडा बाबु थिए । उनी आप्mना छोरोले भनेको नमानेमा निर्दयतापूर्वक पिट्थे । एलोइस जुनियर जब १३ वर्ष पुगे, उनी आप्mना बाबुप्रति असन्तुष्ट भए । उनलाई बाबुले गाली गर्थे र पिट्थे पनि । एक वर्षपछि उनी १४ वर्षका भए, अब उनी आफू बाँच्न सक्ने भए र घरबाट भागे । उनका बाबुले उनलाई कहिल्यै भेट्टाएनन् । त्यो बेला एडोल्फ मात्र ७ वर्षका थिए । उनका बाबुले एडोल्फलाई पनि त्यही व्यवहार दोहो¥याए ।
सन् १९०० सम्ममा हिटलरमा एक कलाकारको गुण देखियो । उनले युनिभर्सिटीको तयारी राम्ररी गरे । उनी त्यसको लागि योग्य पनि भए । हिटलर रिलसुलमा भर्ना हुने उनको बाबुको निर्णयमा सहमत भए ।
उनका साथी कुविजेकको भनाइ अनुसार जर्मन संगीतकार रिचार्ड बाग्नरले प्रस्तुत गरेको गीत ‘रिन्जी’ हेरे पश्चात हिटलरले दुष्टात्माले प्रभाव पारेको जस्तो व्यवहार देखाउन थाले । हिटलरले आप्mनो साथीलाई भिरालो पहाडको चुचुरोमा पु¥याए र आप्mनो “ग्रेट मिशन” को बारे अनौठो स्वरमा कुरा गरे जुन मिशन थियो, मानिसलाई स्वतन्त्रता दिनु । ठीक त्यस्तै, उनले ओपेरामा देखेका थिए । हिटलरले पहिलो ओपेरा १२ वर्षको हुँदा हेरेका थिए ।
उनको अर्को महत्वपूर्ण चाख देखियो, त्यो समयमा, त्यो हो जर्मन राष्ट्रवाद । उनी अष्ट्रियन राजतन्त्रको विरुद्धमा थिए । एडोल्फ हिटलर र उनका साथीहरुले जर्मन अभिवादन हेल ९ज्भष्०ि भन्न रचाउँथे । र जर्मन राष्ट्रिय गीत “डचल्याण्ड उबर एलेस” गाउँथे । तर हिटलरका बाबुले अष्ट्रियन साम्राज्यवादीको सेवा गरेका थिए र हेपवर्ग राजतन्त्रप्रति बफादार थिए । शायद उनी अन्जानमै आप्mनो विद्रोही छोराको बफादारिता “जर्मन केसर” प्रति अर्पण गर्न प्रोत्साहित गरिरहेका थिए । हिटलरलाई लाटोकोसेरो पनि भनिन्थ्यो । उनी राती अबेरसम्म पनि सुत्दैन थिए । उनी राती घरबाहिर निस्किएर हिंड्थे ।
जब हिटलर अठार वर्षका भए, उनले आप्mनो बाबुको सम्पत्ति प्राप्त गरे । त्यो पैसाले हिटलर “कला” पढ्न भियना गए
हिटलरले एकेडेमिज स्कुल अफ पेन्टिङ्गमा दुई दिनको प्रवेश परीक्षा दिए । अति नै आत्मविश्वासका साथ रिजल्टको प्रतीक्षा गर्न थाले । उनी स्कुलमा प्रवेश पाउने कुरामा ढुक्क थिए । तर उनी प्रवेश परीक्षामा फेल भए । बिजुली चम्केजस्तो महसुस गरे उनले । उनले बनाएको पेन्टिङबाट जजहरु सन्तुष्ट भएनन् । त्यसकारण उनी फेल भए । यसले हिटलरलाई अति नै असर प¥यो । उनी कसरी फेल भए भन्ने कुराको स्पष्टीकरणको लागि एकेडेमी गए । त्यहाँ उनको पेन्टिङमा धेरै कमी कमजोरी भएको र खास गरेर मानव पक्षको कमी रहेको कुरा भनियो । जे भएता पनि हिटलरमा आर्किटेक्टको क्षेत्रमा केही क्षमता थियो ।
उनी एक्लै बस्न थाले । एक ठाउँबाट अर्को ठाउँमा सर्थे । उनको पैसा बिस्तारै सकिदै गयो । उनको जीवनस्तर विस्तारै खस्कँदै गयो । पैसा सकिंदै गर्दा पनि उनले कुनै काम गर्ने उपक्रम गरेनन् । उनले अन्ततः आप्mनो सबै कुरा सके र भीख माग्न थाले । राती सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे । उनी फोहोरी, दुर्गन्धित भए र फाटेका लुगा लगाउँथे । सन् १९०९ डिसेम्बरतिर त उनको हालत झन् नाजुक थियो । यहूदी परोपकारीहरुद्वारा संचालित गृहहरुमा दिन बिताउन थाले । यो त्यो समय थियो जब हिटलरमा विस्तारै यहूदीहरुप्रति नराम्रो भावना विकसित हुँदै गयो । जसले पछि उग्र रुप लिएको थियो ।
हिटलर र पहिलो विश्वयुद्ध
पहिलो विश्वयुद्धको झिल्को बल्यो । हिटलरको विदेशीहरु खास गरेर स्लेभहरु विरुद्धको भावना पनि दन्क्यो । उनले त्यस बेलाको राष्ट्रभक्तिको भावनालाई समाते । उनी जर्मन आर्मीको रियन रेजिमेन्टमा स्वेच्छिक भर्ना भए । युद्धको बेला मेडिकल जाँच त्यति कडाइका साथ हुँदैन थियो । दुई महिनाभन्दा पनि कम समयको तालिमपछि हिटलरको रेजिमेन्टले पहिलो युद्ध ब्रिटिश र बेल्जियम विरुद्ध वाईप्रेस नजिक लड्यो ।
भुइँमा लड्न जाँदा हिटलरमा एक उत्तेजना थियो । ज्यान गएमा पनि त्यसको परवाह नगर्ने उनले व्यवहार देखाए । जसको कारण उनका कमाण्डर पनि निकै प्रभावित भए जो खतरनाक मिसनमा काम गर्थे ।
सिपाही सहकर्मीचाहिं हिटलरलाई असुहाउँदो र अडलाग्दो ठान्ने गर्थे । उनको रेजिमेन्टका एक सिपाही हान्स मेन्ड भन्छन्, उनी अनौठो देखिन्थे जो एउटा कुनामा चुपचाप लामो समयसम्म बस्थे । एकदिन अचानक उनी उठे र सबैको बीचमा उभिएर भाषण गर्न थाले । यो सबै कुरा अचानक नै भएका थियो । उनी भाषणमा यहूदी र माक्र्सवादीहरुलाई अक्सर गाली गर्ने गर्थै । हिटलरको विचारमा उनीहरु जर्मनीले गरेको भुइँको युद्ध प्रयासलाई नजरअन्दाज गरिरहेका थिए ।
रेजिमेन्टमा हिटलरलाई खबर ल्याउने लाने मेसेन्जरको काम दिइएको थियो । यो अति खतरनाक काम थियो । उनले रेजिमेन्ट हेडक्वाटरबाट खबर बोकेर युद्ध भूमिसम्म पु¥याउनु पथ्र्यो । एक दिन त्यस रेजिमेन्टका आठ मेसेन्जरहरु मध्ये तीन जनाको मृत्यु भयो तर हिटलर बाँच्न सफल भए । उनले त्यस वापत कामको कदरस्वरुप पाँचवटा मेडल पाए । त्यसमा महत्वपूर्ण मेडल आइरन क्रस समेत थियो । युद्धमा उनले यति धेरै तक्मा पाए पनि उनी कर्णेलको पदसम्म मात्र पुगे ।
जर्मनी आर्मीले हिटलरलाई एक जासुसको रुपमा पनि प्रयोग गर्न थाल्यो । सन् १९१९ को सेप्टेम्बरमा उनलाई जर्मनी वर्करस् पार्टीको बैठकमा भाग लिन निर्देशन दिइयो । आर्मीलाई डर थियो कि भर्खरै जन्मेको यस पार्टीले कम्युनिष्ट क्रान्तिलाई बल त पु¥याउँदैन ? यस पार्टीका नेता एन्टोन ड्रेक्सलर थिए । हिटलरले त्यहाँ के पत्ता लगाए भने उनको र त्यस पार्टीका विचारहरु समान थिए । उनले त्यो पार्टी जर्मन राष्ट्रवादी भएको र यहूदी र अरु विरुद्ध भएको कुरा पनि पत्ता लगाए । तर पार्टी जसरी गठन भयो त्यस कुरामा उनको भिन्न मत थियो ।
हिटलर आफ्नो प्रत्येक भाषण विस्तारै र हिचकिचाएको स्वरमा सुरु गर्थे र विस्तारै ठूलो र स्पष्ट पार्दै लान्थे । भाषणको अन्त्यतिर त एक विस्फोटक नै हुन्थ्यो । कार्यक्रममा भाषण गर्नुपूर्व उनी त्यसबारे हाउभावका साथ रिहर्सल पनि गर्थे । उनले यसो गर्नुको उद्देश्यचाहिं अरुलाई बढी प्रभाव पार्नु नै थियो । उनी जनताको भावनामा कौशलतापूर्वक खेल्न सक्थे । उनी जनतालाई भाषणद्वारा ठूलो उत्तेजनाको स्थितिमा पु¥याइदिन्थे । यहाँसम्म कि दर्शकहरु चिच्याउन थाल्थे, मासहिस्टेरिया जस्तो र विस्फारित नेत्रले उनलाई माया र सम्मानको भावले हेर्न थाल्थे ।
हिटलर हरेकलाई केही गर्न अनुरोध गर्दथे । उनी भन्थे– बरोजगारको निम्ति केही गर, खस्कदो व्यापारको समृद्धिको लागि गर, नाफामूलक उद्योग गर, सैनिकलाई विस्तार गर, समाजमा मेलमिलाप कायम गर, समाजमा वर्ग भिन्नतालाई अन्त्य गर र त्यो स्थितिमा जर्मन गौरवलाई पुनस्र्थापना गर । उनले देशको लथालिङ्ग स्थितिलाई सुधार्ने कसम खाए र सबैलाई एक गराउने र सबैलाई खुशी दिलाउने प्रण गरे । उनले जर्मनीलाई पुनः शक्तिशाली बनाउने वाचा गरे, युद्धमा भएको क्षति जर्मनले नतिर्ने घोषणा गरे । उनले भ्रष्टाचार पूर्ण उन्मूलन गर्ने र माक्र्सवादीलाई घुँडा टेकाउने कुरा गरे साथै यहूदीसँग कडाइका साथ पेश हुने प्रण गरे ।
नाजी पार्टीको नामबाट उनले जर्मनीका सबै वर्ग र तप्काका जनतासँग अपिल गरे जुन पार्टी आफंैमा समावेशी थियो । त्यो नेशनल सोसलिष्ट जर्मन वर्करस् पार्टी थियो । सबै नाजी थिए, हिटलरदेखि लिएर तल्लो कमिटीका नेतासम्म । उनीहरुले अत्याधिक काम गरे र जर्मनहरुलाई एक किसिमको सन्देश दिए ।
हिटलर आफ्नो भाषण सक्ने बित्तिकै जति सक्दो चाँडो मञ्चबाट बाहिरिन्थे र अरुको नजरबाट लोप हुन्थे । फोटो खिच्नलाई मनाही गरिएको थियो । उनी आफूलाई रहस्यमयी बनाउन चाहन्थे ।
अगष्टमा गुस्ताव स्टे«समेन जर्मनीका नयाँ चान्सलर भए । उनले फ्रान्ससँग कब्जा गरिएको आफ्नो औद्योगिक क्षेत्र छोड्न अनुरोध गरे र जर्मनीले बुझाउनु पर्ने क्षतिपूर्ति तिर्न पुनः शुरु गर्ने वाचा गरे । ठीक यही बेला हिटलरले जर्मनीलाई आपूmले नेतृत्व दिने निर्णय गरे ।
बन्दुकको भरमा सत्ता लिने प्रयास
नाजीहरुले कब्जा जमाउने यो उपयुक्त मौका ठाने । बर्लिनमा रहेको प्रजातान्त्रिक सरकारको विरोध जर्मन राज्य बेभेरीयामा रहेका केही समूहहरुले गरेका थिए । १९२३ को नोभेम्बरसम्म नाजी पार्टी एक ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भइसकेको थियो । पार्टीसँग ५५ हजार कार्यकर्ता आवद्ध भइसकेका थिए । आफू नेतृत्वबाट हट्नुपर्दा अन्यथा केही काम गर्नुपर्ने हिटलरले महसुस गरे ।
हिटलर र नाजीहरु मिलेर योजना बनाए । उनीहरुले बभेरियन सरकारका नेतालाई अपहरण गर्ने र उनलाई डर, त्रास, धम्कीद्वारा हिटलरलाई आफ्नो नेता मान्न लगाउने सल्लाह गरे । त्यसपछि जनरल इरीक लुडेनडोर्फको सहयोगमा सम्पूर्ण जर्मन आर्मीलाई जित्ने त्यसपछि राष्ट्रव्यापी विद्रोहको घोषणा गर्ने र जर्मन डेमोक्रेटिक सरकारलाई घुँडा टेकाउने उनीहरुको योजना भयो । म्युनिखको वियर हलमा ठूलो जमघट भएको थियो र त्यहाँ उनीहरुको योजना अनुसार अपहरण गर्नु पर्ने सबै व्यक्तिहरु पनि थिए र उनीहरुले आफ्नो योजना त्यही वियर हलमा कार्यान्वयन गरेर शुरुआत गरे ।
१९२३ को नोभेम्बर ८ मा हिटलरका प्राइभेट आर्मीले हर्मन गोरिङ्गको आदेशमा त्यो ठाउँ घेरे । त्यसपछि ठूलो दलबलसहित हिटलर बियर हलभित्र पसे र त्यहाँ तुरुन्तै दुःखदायी घटना भयो । हिटलरले फिल्मीशैलीमा माथि छततिर पेस्तोल ते¥स्याउँदै ‘चुप’ भनेर कराए । त्यहाँ हल्लाखल्ला मच्चिसकेको थियो । त्यही पोजिशनमै हिटलर र गेरीङ्ग मञ्चतिर अघि बढे भने सशस्त्र व्यक्तिहरुले लगातार फायरिङ्ग गरिनै रहे । राज्य कमिश्नर केहरले हिटलरलाई मञ्च छोडिदिए । आजदेखि ‘राष्ट्रिय क्रान्ति’ सुरु भयो भनेर मञ्चबाट हिटलर कराए । साथै उनले भने, ‘यहाँ शान्ति नहुन्जेल ग्यालरीमा मेशिनगन रहिरहनेछ । उनको यो विद्रोह असफल भयो । र उनीमाथि मुद्धा चल्यो ।
वियर हलमा हिटलरले गरेको बल प्रयोग बारेको सुनुवाईको क्रममा उनको राजनैतिक जीवनमा त्यति असर परेन जति अरुले सोचेका थिए । धेरैले उनको राजनैतिक जीवनको अन्त्य नै हुन्छ भन्ने ठानेका थिए । बरु धेरै अर्थमा त्यो घटनापछिको सुनुवाई वास्तविक रुपमा उनको राजनैतिक जीवनको शुरुआतचाहिं भयो । उनी रातारात राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चित भए । यस मुद्दाको सुनुवाईलाई विभिन्न पत्रपत्रिकाले बडो प्रमुखताका साथ छापे ।
मुद्दा हेर्ने तीन न्यायधीशहरुले उनीप्रति सहानुभूति देखाए तर मुख्य न्यायाधीशले हिटलर दोषी नै हुन् भन्ने कुरा न्यायधीशहरुलाई मनाउनु प¥यो । चाँडै सर्तसहित हिटलरलाई छोड्ने कुराको निश्चित गराइएपछि मात्र तीन न्यायधीशहरु पाँच वर्ष सजायमा सहमति भए । अरु नाजी नेताहरुले पनि धेरै कम सजाय पाए । जनरल लुडेनडर्फलाई दोषमुक्त गरियो । उनलाई कुनै सजाय भएन ।
अप्रिल १, १९२४ मा हिटलरलाई ल्याण्डस्वर्गको पुरानो दुर्गमा राखियो उनलाई राम्रो सानो कोठा दिइएको थियो । उनले उपहार ग्रहण गर्ने र भेट्न आउनेलाई उनले चाहेको बेला भेट्न सक्ने अनुमति पाए । साथै रुडोल्फ हेसलाई आफ्नो निजी सचिवमा नियुुक्ति गरे । आफ्नो कुकुरलाई पनि बारम्बार भेटे । उनले जेलमा राम्रो सुविधा प्राप्त गर्न सके तर उनको नाजी पार्टी टुक्रिएर धेरै समूह भयो । हिटलर स्वयंले भने मिडियाको कारण राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाए । जेलको कोठामा उनी अघि पछि हिंड्दै आफ्ना विचारहरुलाई व्यक्त गर्दथे र साथमा रहेका उनका सचिव हेसले उनले भनेका कुरालाई नोट गर्थे जस्ताको त्यस्तै । अन्तमा यस निरन्तरताले एउटा पुस्तकको रुप लियो र त्यो पुस्तक थियो– मेन काफ ।
१९२४ डिसेम्बरमा जब हिटलर जेलबाट छुटे (नौ महिनापछि) उनले आफ्नो गल्तीबाट शिक्षा पाए । उनले मेनकाफ लेख्नुको अतिरिक्त नाजी क्रान्ति विफल हुनको कारण र भविष्यमा यसका असर र परिणाम बारे विचारणीय धारणा दिएका थिए ।
हिटलरले महसुस गरे कि जर्मन आर्मी र अरु स्थापित संस्थाहरुको सहयोग बिना जबर्जस्ती प्रजातान्त्रिक सरकारलाई सत्ताच्यूत गर्न खोज्नु अपरिपक्वता हो । उनले फेरि यस्तो भूल नगर्ने दृढता लिए जुन १९२३ मा उनको पार्टीले वियर हलमा गरेको थियो ।
हिटलरमा नयाँ विचार आयो । उनले कसरी सरकारमा पुग्ने र जर्मनीमा शासन गर्ने भन्ने कुराको विचार गरे जुन उनी स्वयं र नाजी पार्टीको लागि समेत अहम् थियो । यसको लागि उनले प्रजातान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने र चुनाव जित्ने अठोट गरे ।
सरकारको रुप जसरी नै नाजी पार्टीलाई पनि गठन गरिने भयो । ताकि शक्ति प्राप्त हुन साथ प्रजातन्त्र वैधानिक रुपमै समाप्त होस् । यसरी नाजी पार्टीलाई सरकारको जस्तै रुपमा अभ्यास गराइने भयो र यो अभ्यास वास्तविकतामा बदलिन पनि सक्थ्यो । तर यी सब हुनुपूर्व नै हिटलरले केही समस्याहरुको सामना गर्नुप¥यो । वियर हलको घटनापछि जर्मन राज्यको बेभेरीयन सरकारले नाजी पार्टीलाई बन्द गरिदियो । साथै पार्टीले निकाल्ने खबरपत्रिकालाई समेत रोक लगायो । पार्टीभित्र नेता बीचको मतभिन्नताको कारण पार्टी स्वयं पनि लथालिङ्ग अवस्थामा पुगेको थियो । सन् १९२५ को सुरुमा हिटलरले बेभेरीयन सरकारका प्रधानमन्त्रीलाई भेटे र नाजी पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन सफल भए साथै पार्टीले भविष्यमा राम्रो व्यवहार गर्ने वाचा पनि गरे ।
हिटलरको महिलाप्रतिको आकर्षण
हिटलर सुन्दरी महिलाको सँगसाथ पाउन लालायित हुन्थे तर उनी राजनैतिक कुरा गर्ने महिलालाई वास्ता गर्दैन थिए । ‘विद्वान पुरुषले सरल र सोझी आइमाई राख्नु पर्छ’ भन्ने हिटलरको भनाइबाट समेत उनको महिलालाई हेर्ने दृष्टिकोणबारे ज्ञात हुन्छ । त्यस्तै एउटा अर्को कार्यक्रममा उनले भनेका छन्– ‘राजनीतिमा लागेकी आइमाईलाई म घृणा गर्छु ।’ वास्तवमा यिनै कारणहरुले हिटलर आफूभन्दा धेरै कम उमेरका केटीसँग आकर्षित हुन्थे । १६ वर्षकी कलिली मारिया रेइटरसँग उनको हेलमेल नै थियो र पछि मारियाले आत्महत्या गर्ने असफल कोसिस पनि गरेकी थिइन्, यो सम्बन्धमा ठूलै काण्ड भएको थियो ।
हिटलरले सानो गाउँको घरमा बस्ने निधो गरे र आफ्नी अर्की आमा पट्टीकी छोरी (सौतेनी दिदी) एन्जेला राउवललाई घर हेर्नको लागि त्यही बस्न बोलाए । एन्जेला पनि आफ्ना दुई छोरी फ्राइउल र जेलीसहित भियना छोडेर हिटलरसँग बस्न आइन् । जेली घना कालो केश भएकी अति नै उत्सुक र सुन्दर एक्काईस वर्षे केटी थिइन् र उनमा भियनेली आकर्षण थियो जसले आफूभन्दा दोब्बर उमेरको पुरुषलाई अपिल गरिरहेको थियो । हिटलर उनको प्रेममा अति नराम्रोसँग फँसे ।
उनको मृत्युपछि हिटलरले इभा ब्राउनसँग धेरै भेटघाट गर्न थाले ।
चलचित्र अभिनेत्री भनेपछि हुरुक्कै हुने हिटलरको अभिनेत्री रिनाट मुलरसँग भने भेट चलचित्र छायांकनका बखत डेनिस समुद्री तटमा भेट भएको थियो । निला आँखा भएकी रिनाटले भर्खरै नायिकाको रुपमा राइज गरेकी थिइन् । त्यहीं यी दुवैबीच प्रेम बसेको थियो ।
सत्तामा हिटलर
सन् १९३३ जनवरी ३० को मध्यदिन, जर्मन इतिहासको नयाँ अध्याय शुरु भयो । आँखाभरि आँसु भरिएका एडोल्फ हिटलर जर्मनी राष्ट्रको चान्सलरको रुपमा राष्ट्रपति भवनमा देखा परे । उनी आप्mना प्रशंसक र साथी भाइ, समर्थकबाट घेरिएका थिए । उनी कारमा बसे र सडकको वरिपरि उत्सुकतासाथ हेरिरहेका र खुशीले ताली बजाइरहेका जनता बीच उनको कार विस्तारै चलाइयो ।
“हामीले गरी छाड्यौं, हामीले यो ग¥यौं ।” भन्दै हिटलरले आप्mनो प्रतिक्रिया दिए ।
चान्सलर हुने बित्तिकै हिटलरले नयाँ चुनावको घोषणा गरे । हर्मन गोयरिङ्गले ठूला उद्योगपतिहरुसँग भेट गरे र भने, “यो १९३३ को आम चुनावलाई अन्तिम चुनाव बनाउनु पर्छ र चुनावमा हाम्रो पार्टीले पनि बहुमत ल्याउन भरमग्दुर प्रयास गर्नेछ जसको लागि पैसाको महत्वपूर्ण भूमिकालाई नकार्न सकिंदैन र त्यस्तो सहयोगको अपेक्षा यस पार्टीले तपाईंहरुसँग राखेको छ ।”
उनीहरुले तत्कालै ३ मिलियन मार्क पार्टीलाई चन्दा दिए । यस भेटघाटपछि जोसेफ गोयबल्सले आप्mनो डायरीमा लेखे– “रेडियो र प्रेस हाम्रो नियन्त्रणमा थियो र पैसाको पनि कमी थिएन, त्यो समयमा ।”
गोयरिङ्ग जो हिटलरको सरकारमा गृहमन्त्री थिए, पुलिसका ठूला ठूला पदमा आप्mना नाजी समर्थकहरुलाई राख्न थाले र नाजी विरोधीहरुलाई हटाउन थाले । ती मान्छेहरु पछिपछि “गेस्टापो” को रुपमा पनि चिनिए । गोयरिङ्गले पचास हजार स्ट्रोम टू«परलाई पनि पुलिसको सहयोगीको रुपमा भर्ना गरे ।
१९३३ को आम चुनावपछि हिटलरले एक शक्तिशाली ‘बिल’ ल्याए, जसले उनलाई जे मनलाग्यो, त्यही गर्न सक्थे, एक तानाशाही शक्ति यो बिल पास गराउन संसदका कम्युनिष्ट पार्टीका सक्रिय सदस्यको मतको आवश्यकता पथ्र्यो । संसदका कम्युनिष्ट पार्टीका सक्रिय सदस्यहरु कतिलाई ध्यान शिविरमा राखिएको थियो, कति आफंै लुकेका थिए र धेरैचाहिँ देशै छोडेर भागेका थिए । लगभग ६०,००० व्यक्तिले केही हप्ताको अवधिमा जर्मनी छोडेका थिए । आम चुनावपछि र ती सबै “लेप्mट विङ्ग पार्टी” र सोभियत डेमोक्रेट पार्टीका नेताहरु थिए र यो बिल पास गराउन हिटलरलाई अरुको समर्थनको आवश्यकता थियो र त्यो समर्थन क्याथोलिक सेन्टर पार्टीबाट पाए । त्यो बेला हिटलरले त्यस पार्टीसँग एक प्रस्ताव नै राखे, त्यो थियो– “मलाई बिल पास गराउन समर्थन गर्नुस्, नाजी पार्टीले क्याथोलिक धर्मको अधिकारको प्रत्याभूति दिन्छ ।”
क्याथोलिक सेन्टर पार्टी यसमा सहमत भयो । जब बिल सम्बन्धी मतदान भयो, बिलको विरुद्धमा मात्र ९४ सदस्यको मत प¥यो र ती सदस्यहरु थिए सोसियल डेमोक्रेट पार्टीका ।
हिटलर जर्मनीका शक्तिशाली शासक भए । उनले पहिलो कामचाहिँ ट्रेड युनियनमाथि हस्तक्षेप गरे । ट्रेड युनियनका नेताहरुलाई ध्यान केन्द्रमा पठाइयो र त्यस संस्थालाई नाजी पार्टीको नियन्त्रणमा ल्याइयो । त्यो ट्रेड युनियन आन्दोलन अहिले लेवोर फ्रोन्टमा परिणत भयो । त्यसको लगत्तै कम्युनिष्ट पार्टी र सोसियल डेमोक्रेट पार्टीमाथि प्रतिबन्ध लगाए । पार्टीका कार्यकर्तालाई धरपकड गरिनै रहे । त्यसको एक महिनापछि हिटलरले क्याथोलिक सेन्टर पार्टी, द नेशनिष्ट पार्टी र नाजीबाहेकका अरु पार्टीलाई अवैधानिक घोषित गरे । १९३३ को अन्त्यसम्ममा हिटलरले एक लाख पचास हजार राजनैतिक बन्दीहरुलाई “ध्यान केन्द्र” मा पठाइसकेका थिए र देशका जनता एक अज्ञात डरबाट क्रसित थिए । यो कुरा हिटलरले बुझेका थिए किनकि कुनै पनि बेला जे पनि हुन सक्थ्यो । यदि कैदीहरुलाई छोडिदिइहाले पनि उनीहरुलाई ध्यान केन्द्रमा के गरियो र के भयो त्यो कसैलाई नभन्न भनियो र यदि भनेमा फेरि ध्यान केन्द्रमा पठाइदिने धम्की दिइयो ।
ध्यान केन्द्रमा लेप्mट विग राजनीतिज्ञ र ट्रेड युनियनका कार्यकर्तामात्र थिएनन्, अरु पनि थिए । “गेस्टापो” ले भिखारी, वेश्याहरु, समलिङ्गीहरु र जँड्याहाहरु समेतलाई पक्रिन शुरु गरे । साथै जो काम गर्न सक्षम छैनन्, उनीहरुलाई समेत धरपकड गरियो । कैयौं कैदीहरुलाई दुव्र्यवहार गरे । यद्यपि त्यस अवधिमा मात्र एउटा कैदी म¥यो जो जेलबाट भाग्ने कोसिस गरिरहेको थियो ।
हिटलरको जर्मनीलाई फासिष्ट राष्ट्र भनिन थाल्यो । फासिष्ट शब्द इटालीमा बेनिटो मुसोलिनीको सत्तालाई प्रयोग गरिएको थियो । मुसोलिनीको फासिष्ट एक पार्टी राज्य थियो ।
आफू सत्तामा आएको केही वर्षहरुमा हिटलरले धेरै ब्रिटिश राजनीतिज्ञहरु र डिप्लोम्याटहरुसँग भेटघाट गरे । ब्रिटिसले भर्सिलिजको सन्धिले हरुवा देशलाई कति असर परेको छ भन्ने कुराको मनन गरेको कुरा हिटलरले थाहा पाए । हिटलरले के कुरा पनि थाहा पाए भने ब्रिटिशहरु कम्युनिष्टलाई मनपराउँदैन थिए र सोभियत युनियनले पूरै युरोपलाई प्रभाव पारेकोमा उनीहरुलाई डर थियो ।
फ्रान्स भर्सिलिजको सन्धिप्रति अडिग थियो तर हिटलरले अनुमान लगाए कि फ्रान्सले ब्रिटेनको सहयोग बिना जर्मनी विरुद्ध केही गर्न सक्दैन । त्यस कारण हिटलरले आफू सुरक्षित अवस्थामा रहेको महसुस गरे । अमेरिकी राष्ट्रपति रुजवेल्टले युरोपियन विवादमा हस्तक्षेप नगर्ने वचन दिए र इटली र जापानले ‘राइट वींग’ सरकारलाई सहानुभूति र समर्थन भएको कुरा थाहा पाएपछि हिटलरले आफू अगाडि बढ्ने उपयुक्त स्थिति देखे ।
सन् १९३३ अक्टोबरमा हिटलर ‘लिग अफ नेसन्स्’ बाट बाहिरिए । लिग अफ नेशन राष्ट्रहरुको निशस्त्रीकरणमा असफल भएकोले आफ्नो विश्वास त्यस संस्थाप्रति नरहेको कारण दिए । भर्सिलिज सन्धिको कारण जर्मनी सैन्य शक्तिमा कमजोर थियो । हिटलरले भने कि यदि अरु राष्ट्रमा पनि निशस्त्रीकरण हुने हो भने जर्मनी यही स्थितिमा रहन तयार छ । तर यो भएन र अब जर्मनीले आफ्नो सुरक्षा आफंै गर्नुपर्ने हुन्छ, हिटलरको इरादा जर्मनीमा सैन्य शक्ति बढाउने थियो ।
त्यसको एक महिनापछि हिटलरले भर्सिलिज सन्धिको शर्तलाई वेवास्ता गर्दै जर्मनीमा भइरहेको सैन्यभन्दा तीन गुणा बढी सैन्य बढाए । सन् १९३५ सम्ममा के स्पष्ट भयो भने भर्सिलिजको सन्धि अनुसार यस वापत जर्मनीलाई कही कतैबाट केही कुराको कार्वाही भएन । जसले सन्धिलाई उल्लंघन गरेको थियो । यसले हिटलरलाई प्रशस्त मजबुत भएको महशुस गरायो, सैन्य गतिविधि संचालन गर्नमा । आफू कति गर्न सक्छन्, यो कुराको निश्चितता हिटलरमा थिएन तर कुन अवस्था र स्थितिमा ब्रिटेन र फ्रान्सले जर्मनीमाथि हमला बोल्न सक्छन् भन्ने कुराको भेउ पाउन हिटलरले लगातार प्रयास गरिरहेका थिए ।
जर्मनी सैन्य शक्तिमा फ्रान्स र ब्रिटेनभन्दा कमजोर थियो । यद्यपि हिटलरलाई के कुरा मनाइएको थियो भने उनीहरु युद्ध गर्न चाहँदैनन् । यही बेला बेनिटो मुसोलिनीले अक्टोबर १९३५ मा आफ्ना सेना इथोपिया पठाए । यसमा कुनै गम्भीर राजनैतिक प्रतिक्रिया भएन । यही कुराबाट अभिप्रेरित भएर हिटलरले भर्सिजिल सन्धिको अर्को शर्त तोडे । उनले जर्मन सैनिकलाई राइनल्याण्ड पठाए । यो कुरा जर्मन सैनिक जर्नेलले मानेका थिएनन् । उनको भनाइ थियो कि भर्सिलिजको शर्तलाई मनाउन फ्रान्सले चाहेमा सैन्य शक्ति भिडाउँछ र फ्रान्सले जित्छ । यी सबै कुराको हिटलरले वास्ता गरेनन् । मार्च १, १९३७ मा जर्मन सैनिकका तीन बटालियनले राइन ल्याण्डमा मार्च गरे । जर्मन सैन्यहरुलाई आफ्नो सीमामा देखेर फ्रान्स त्रसिद् भयो ।
विभिन्न घटनाक्रमले यहूदीहरुलाई जर्मनी छाड्ने प्रशस्त दबाब परिहेको थियो । हिटलर, जोसेफ गोयबल्स र रेनहार्ड हेडरीक मिलेर यहूदीहरुलाई भगाउन एउटा नयाँ कार्यक्रमको आयोजना गर्ने योजना बनाए । १९३८ को नोभेम्बर ९ र १० गते, कार्यक्रममा फ्रान्समा रहेको यहूदी शरणार्थी शिविरमा बस्ने एक यहूदी युवाले जर्मन डिप्लोम्याटको हत्या ग¥यो भन्ने कुरा योजना मुताबिक हल्ला फिँजाए जुन कार्यहरु नाजी पार्टीले आयोजना गरेको थियो । त्यो हल्ला सुनेर यहूदीप्रति आम मानिसको क्रोध बढ्यो । उनीहरु तत्कालै उत्तेजित भए । त्यहाँ भीडले हजार पाँचसय यहूदी पसललाई नष्ट गरे, चार सय यहूदी बस्ने घरमा आगो लगाए । एकानब्बे जनालाई मारे र बीस हजारभन्दा बढीलाई पक्रे ।
हिटलरको शक्ति
१ सेप्टेम्बर, १९३९ को बिहान उषाको पहिलो किरणसँगै युरोपियन मानव आहुतिको यज्ञ आरम्भ भयो । युद्ध अवधिभरि धेरैजसो समय हिटलर आप्mनो हेडक्वार्टर पूर्वी प्रशियामा निर्माण गरिएको अति नै सुरक्षित ठाउँमा बसे । यहाँ बसेर हिटलर जर्मन युद्धको प्रयत्नलाई हेर्थे । सुरुमा उनी अति नै सफल भए । द्रुतगतिका टैंकसहित हवाई मार्गबाट समेत आर्मीलाई सहयोग पु¥याइएको थियो । पोल्याण्डको सीमा नाघेर हिटलरको सेनाले सार्वभौम पोल राज्यमा धावा बोले । “पौने ६ बजे पोल्याण्डको सेनाले जर्मन सेनामाथि गोली चलाउन शुरु ग¥यो र आत्मरक्षार्थ कारवाही हामीले गर्नुप¥यो ।” प्रपंच भरिएको हिटलरको यो विश्व प्रचार थियो । अगाडि उनले भने, ‘जुन कष्ट उनी आफंै सहन सक्दैनन्, त्यो जर्मनवासीलाई सहन गर्न कसरी दिनसक्छन् ? आजदेखि म जर्मनीको पहिलो सैनिक हुँ र त्यो बर्दी फेरि अंगीकार गर्छु जुन मेरो जीवनको सबैभन्दा पवित्र वस्त्र हो । यसलाई म तबसम्म खोल्दिन जबसम्म पूर्ण विजयको मेरो सपना साकार हुँदैन । नत्र युद्धको दुष्परिणाम हेर्नको लागि म जिउँदो रहने छैन ।’
२३ अगस्ट, १९३९ मा हिटलरले त्रसिद् पार्दै बेल्जियम, हल्याण्ड, लग्जेम्बर्ग, नर्वे डेनमार्कका शासकहरुको र २४ अगस्टमा महामहिम पोप तथा अमेरिकी राष्ट्रपति रुजवेल्टको आवेदन पनि अस्वीकार गरे । २४ घण्टा भित्र वार्सा तथा १८ सेप्टेम्बरमा सम्पूर्ण पोल्याण्डमा जर्मनीले कब्जा ग¥यो । के सैनिक श्रेष्ठता हासिल गर्नको लागि जर्मनीमा आक्रमण भयो ?
१४ जूनमा जर्मन हाइकमाण्डले पेरिसको पतनको दावा गरे र त्यही दिन बिहान ७ बजे पेरिसमा जर्मन फौजले कब्जा ग¥यो । यसैगरी विश्वको श्रेष्ठ राष्ट्र फ्रान्सको राजधानी पेरिसको पतन भयो ।
नर्वे विजयपछि जर्मन फौजलाई विशेष प्रशिक्षण दिइयो र ऐतिहासिक ब्रिटिश युद्ध शुरु भयो ।
जर्मन आर्मीले संसारलाई छक्क पारे यति चाँडै ती देशहरुलाई आफ्नो नियन्त्रणमा लिएर । उनीहरुले के प्रमाणित गरे भने हिटलर सैन्य कौशल भएका व्यक्ति थिए ।
तर जर्मनीले ब्रिटेनलाई अरु देशलाई परास्त गरे जसरी गर्न सक्दैन थियो । ब्रिटेनप्रति हिटलरको ठूलो सम्मान थियो, ब्रिटेनको उनी आदर गर्थे । खास गरेर ब्रिटेनको जल र हवाई शक्तिसँग हिटलर डराउँथे । यदि ब्रिटेनसँग युद्ध भएमा धेरै जर्मन सैनिकले बलिदान दिनु पथ्र्यो । यद्यपि हिटलर चालीसभन्दा बढी उमेरका भएका थिए तर उनले समुद्र देखेका थिएनन् । जब जल युद्ध आयो, हिटलरले आत्माविश्वास गुमाए । उनी आफ्नो जल सेनाका कमान्डरलाई भन्ने गर्थे– ‘म स्थल युद्धमा नायक हुँ तर समुद्री युद्धमा कायर ।’
यस्तो अवस्थामा पनि हिटलरले अझै आशा गरेका थिए कि ब्रिटेनले आफ्नो मान्यतालाई परिवर्तन गर्नेछ र युरोपमा जर्मनीको वर्चश्वलाई स्वीकार गर्नेछ । उन्नाईसौं शताब्दीको ब्रिटिश साम्राज्यको आधारमा हिटलरले जर्मन साम्राज्यको सपना देखेका थिए । यद्यपि हिटलर अति नै घमण्डी थिए । तर ब्रिटेनसँग कुरा गर्दा आत्माविश्वास गुमाउँथे र हिच्किचाउँथे ।
१९४० को जूनमा फ्रान्सलाई हराएलगत्तै ब्रिटेनमाथि आक्रमण गर्ने व्यवस्था गर्न हिटलरले आफ्ना सैन्य जर्नेलहरुलाई आदेश दिए । यस आक्रमण योजनालाई गुप्त नाम दिएको थियो– ‘अपरेशन सि लायन’ । ब्रिटेनको दक्षिण–पूर्वी समुद्री तटको ४० माइल भित्रसम्म एक लाख साठी हजार जर्मन सैनिकलाई पु¥याउने उद्देश्य थियो । केही हप्तामा जर्मनीले दुई हजारभन्दा बढी ‘फ्लाटबोट’ जम्मा ग¥यो । तर हिटलरका आर्मी जर्नेलहरु ब्रिटेनले ती जर्नेलहरुको अनुरोधमा ब्रिटेनसँगको यद्धलाई स्थगित गरे र ब्रिटिश हवाई शक्तिलाई नष्ट गरेर मात्र ब्रिटेनमाथि युद्ध गर्ने योजना बनाए ।
१२ अगष्टमा जर्मन एयर फोर्सले ब्रिटिश राडार स्टेशनमा भारी बम वर्षा ग¥यो । साथै एयरक्राफ्ट प्mयाक्ट्री र फाइटर एयरफिल्डमा पनि क्षति पु¥यायो । यस आक्रमणमा खास गरेर राडर स्टेशन र एयर फिल्डमा नराम्रो क्षति पुग्यो । २२ आरएएफ प्लेन नष्ट भए । यस आक्रमणपछि जर्मनीले दिनहुँ आक्रमण गर्न थाल्यो । ब्रिटेनसँगको जर्मनी युद्धको यो सुरुवात थियो ।
यद्यपि ब्रिटेनमाथि आक्रमण गर्ने योजना हिटलरले बनाएका थिए तर उनी त्यो योजनाप्रति कहिल्यै उत्साहित भएनन् । अन्ततः १९४० अक्टोबर १२ मा ती योजनालाई त्यागे । ब्रिटेनमा आपूmले कब्जा जमाउन नसकेपछि चिन्तित भएका हिटलरले आफ्नो ध्यान पूर्वी युरोपमा लगाए । पोल्याण्ड लिएपश्चात जर्मनी सोभियत युनियनसँगै अग्रभागमा थियो ।
हजारौं जर्मन बमवर्षक विमान अग्नि वर्षा गर्दै ब्रिटिश नगर एवं शहरमा बम वर्षाइरहेका थिए । इंग्लिश च्यानलमा आधिपत्य जमाउँदै जर्मन फौज विमान अड्डा तथा ब्रिटिश फौजी छाउनी ध्वस्त गर्नमा लागेका थिए । ८ देखि १८ अगस्त, १९४० सम्म इंग्लिश च्यानलमा कब्जा पाउनको लागि गरिएको तीव्र लडाईंलाई भूल्न सकिदैन । एकातिर मेसर स्मिट्स्, हेन्कइल र जुन्कर जर्मन विमान, अर्काेतिर हेरिकन एवं स्पिट फायर ब्रिटिश विमानको आकाशमा अनवरत ताण्डव भयो । पहिला १० दिन भित्र जर्मनीले ६९७ विमान गुमायो जबकि ब्रिटेनले मात्र १५३ । ३० अगस्त १९४० को दिन ८०० जर्मन विमानले इंग्ल्याण्डमा एकै साथ हमला गरे र त्यसमा ५६२ विमान धराशायी भए साथै ब्रिटेनको मात्र २१९ । दिन रातको यो लडाईंको तेस्रो चरणमा जर्मन नौसेनाले एक दिनमा ३८ पटक हमला गरेर लण्डनलाई नेस्तानोबूद गर्ने कोसिस ग¥यो । यो हमलामा रक्षा मन्त्री गोइरिन आफंै एक पटक लण्डनको आकाशमा घुमेर आक्रमण संचालन गरेका थिए । जर्मन बमबर्षकले लण्डनमा लगातार कलकारखाना, बन्दरगाह, सडक, रेल, इलेक्ट्रिक उत्पादन केन्द्र, तेल डिपो तथा असंख्य घरहरुमा अविराम हमला गर्दै विध्वशंको इतिहास रच्यो । सिर्फ सिप्टेम्बरमा नै १० हजार टन बम झारियो । तीन महिनाको यो लडाईंमा सैनिकदेखि बाहेक १२ हजार ६९६ स्त्री–पुरुष ब्रिटिश नागरिकको हत्या भयो । ७ सेप्टेम्बरमा लण्डनको बन्दरगाहमा एकै साथ ३५० जर्मन बमवर्षक विमानले आक्रमण गरेर प्रसिद्ध थेम्स नदीको आकाश धुवाँले ढाकिदियो । ठीक एक हप्तापछि रातको दश बजे ५०० विमान एकै साथ लण्डनको वरिपरि आकाशमा आगो बर्साउन थाले, तर सबै विमान आक्रमणलाई ब्रिटिश रोयल एयर फोर्सले आप्mनो अद्भुत दक्षता एवं साहसको साथ रोक्यो तथा जर्मन विमानलाई धेरै नोक्सान पु¥यायो । दिउँसोको आक्रमण व्यर्थ सावित हुने बित्तिकै आक्रमणकारीहरुले रात्रि आक्रमणमा ध्यान केन्द्रित गरे र इंग्ल्याण्डको साना–ठूला शहरलाई ध्वस्त बनाउने आप्mनो प्रयास जारी राख्यो । यो सबै कुरा भए पनि इंग्ल्याण्डवासीको मनोबल तोड्न जर्मन आक्रमण पूर्णतः विफल रह्यो ।
उत अर्कोतिर हिटलरको दिमागमा सोभियत संघ समाप्त गर्ने भूत सवार थियो जसको कारण सेनापति रोमेललाई लगातार थाकेका सैनिक बदल्ने तथा ट्यांक, प्लेन, गोला बारुद, पेट्रोल एवं अन्य सामानको आपूर्ति बदल्ने सन्देश मिलेपछि कसैले त्यसमा ध्यान दिएन । थाहा भएकै कुरा हो सप्लाई लाइन बन्द भएपछि कुनै पनि युद्ध जित्न सकिदैन, चाहे त्यो सेनापति रोमेल नै किन नहोस् ।
स्टालिनग्रादतिर अग्रसर जर्मन फौजसँग उन्मत्त हिटलर र उनका सहयोगीले मध्य एशियाको लडाईंलाई महत्व नै दिएनन् ।
हिटलरको सारा ध्यान सोभियत संघको विरुद्धमा मोर्चा तयार गर्नमा लागेको थियो, त्यसैले मध्य एशियाली मोर्चा कमजोर हुँदै गयो र रोमेलको चमत्कारिक कारवाही पनि काम लाग्न सकेन ।
दोस्रो विश्वयुद्धमा अल–अमिनमा भएको लडार्इं ऐतिहासिक मानिन्छ । यसै युद्धमा सफलता प्राप्त गरेर ब्रिटिश सेनापति जनरल मोन्टगुमेरीले विश्व ख्याति प्राप्त गरे । तर अलमीनको यो लडाईंको सुरुवातमा जनरलले अकिन लेकमा जीत हासिल गर्ने र रोमेललाई धेरै नोक्सान पु¥याएर पछाडि धकेलेपछि त्यो प्रतिष्ठा उनले पाएनन्, जसको उनी हकदार थिए ।
१९४२ मा जोसेफ गोयबल्सले हिटलरको योजनाबारे आफ्नो डायरीमा लेखे– ‘मसिहाले युरोपबाटै यहूदीहरुलाई सफाई गर्ने दृढता व्यक्त गरे, त्यति धेरै यहूदीहरु हुने छैनन् । लगभग साठी प्रतिशत यहूदीहरु सखाप हुने छन् र करिब चालीस प्रतिशतलाई श्रमिकको रुपमा प्रयोग गरिनेछ ।’
दोस्रो विश्वयुद्धको समयमा जर्मनका बन्दी शिविरमा भएको बर्बरताको कथाको यस्तो अध्याय छ जसको उदाहरण आदिम हिंसाको इतिहासमा पनि थिएन । दोस्रो विश्वयुद्धको प्रथम बली रहेको पोल्याण्ड लगातार पाँच वर्षसम्म हिटलरी बुट तल पिसिइरह्यो । नाजीहरुले पोल्याण्डभित्र अनेकौं शिविरहरुको स्थापना गरे । जुन नरसंहारका केन्द्र थिए ।
युरोपका यहूदीहरुको हत्या गर्ने मुख्य केन्द्र पोल्याण्डलाई बनाइयो । पूरा युरोपका यहूदीहरुलाई समाएर पोल्याण्ड स्थित बन्दी शिविरमा राख्न थालियो र तिनीहरुलाई श्रेणीमा विभक्त गरियो । एकातर्फ बूढा एवं बच्चालाई राखियो भने अर्कोतर्फ उपयोगमा आउन लायक स्त्री पुरुषहरुलाई । सबैभन्दा पहिला बिरामी बृद्धहरुलाई ग्याँस चेम्बरमा हालेर मारियो र बाँकी स्त्री पुरुषलाई सम्पूर्ण रुपमा नाङगो गरेर टाउको मुडुलाइयो ।
डिस इन्फेक्ट गर्ने नाममा बिना कुनै मनाही स्त्री र पुरुषलाई नाङ्गै नुहाउन लगाइन्थ्यो र बन्दी शिविरमा फरक देखाउनको लागि खास प्रकारको पोशाक पनि लगाउन लगाइन्थ्यो । हर एक बन्दीलाई नम्बर लेखिएको एउटा ट्याग घाँटीमा झुण्ड्याउन लगाइन्थ्यो र बाँचुन्जेल यो नै उसको परिचय हुन्थ्यो । यहूदीहरुको लागि तारा चिन्ह भएको नम्बर आवश्यक थियो । स्वस्थ बन्दीहरुबाट १८ देखि २० घण्टा काम लिइन्थ्यो र खानाको नाममा उनीहरुलाई नाममात्रको खाना दिइन्थ्यो ।
नाजीहरुको भनाइ थियो कि ‘यहूदीहरुलाई खाना खुवाएर बचाइराख्नु हाम्रो जिम्मेवारी होइन ।’ यस्ता मानिसहरु खानाको अभावले कुपोषणको शिकार भएर बिरामी पर्दथे र त्यसै हालतमा उसको भाग्यको फैसला गरिन्थ्यो । बूढा एवं बच्चाहरुले भोकै मर्नु विधि विधान नै बनाइएको थियो ।
हिटलरको पतन
स्टालिनग्रादमा जर्मनीको हारपछि हिटलर कुनै पनि किसिमको युद्ध सम्बन्धि कुरामा छलफल गर्न रुचाउँदैन थिए, कुनै पनि नराम्रा समाचार पढ्न, सुन्न मन पराउँदैन थिए । उनकी सचिवले हिटलरसँग कुनै पनि युद्ध सम्बन्धि कुरा नगर्न भन्थिन् ।
१६ जनवरी १८४५ मा बर्लिन आएर हिटलरले जर्मनी चान्सलर अफिसको आँगनमा ५० फिट तल विशेष रुपबाट निर्मित बंकरमा शरण लिइरहेका थिए । उनी त्यहाँ स–परिवार आप्mना आसेपासेसँग रहन थाले साथै युद्ध संचालनको लागि भित्र समुचित व्यवस्था गरिएको थियो ।
२८ अप्रिल १९४५ को रात १ देखि ३ बजेसम्म एउटा साझा समारोहमा हिटलरले इभा ब्राउनसँग विवाह गरे र यसको साक्षीमा गोयबल्स र बोरमेन थिए । विवाह रजिष्टरमा दस्तखत गर्दा गल्तीले लेखिएको इभा ब्राउनलाई काटेर इभा हिटलर लेखियो । भोज समारोहमा अरु केही मानिसहरु पनि आए, सेम्पेन मगाइयो र केही समयको लागि वर्तमानको खतरालाई बिर्सिएर पुराना खुशीयालीका दिनहरुलाई याद गरे उनीहरुले । अचानक वातावरण गम्भीर भयो । जब हिटलरले आप्mनो दर्दनाक आवाजमा भने कि नेशनल सोसलिजम्को अन्त्य भयो । पुराना साथीहरु हामीलाई छोडेर गए । जर्मनी विध्वंसको संघारमा उभिएको छ । त्यसैले हामीले बाँच्नुको कुनै अर्थ छैन । केही समयको लागि मानिसहरु अश्रु मिश्रित आँखा लिएर बाहिर गए र आप्mनो सेक्रेटरीलाई बोलाएर हिटलरले आप्mनो अन्तिम इच्छा लेखाउन लगाए । हिटलरले आप्mना दुई विषय तयार गरे । एउटा व्यक्तिगत थियो र अर्को राजनैतिक । नाजीवादको गुणगान तथा त्यसको विकृति उनले छर्लङ्ग राखे । आप्mनो व्यर्थता अरुमाथि थोपर्दै उनले आउने पिंढीलाई सावधान गरे र आप्mनो अन्तिम आग्रह राखे । राजनैतिक विषयमा उनले युद्धको लागि यहूदी र उसका संरक्षक राष्ट्रलाई दोषी ठह¥याए, खासगरी सोभियत संघलाई । यसरी आप्mनो पक्ष राख्दै उनले नाजीवादको परम्परालाई अघि बढाउन अपिल गरे । व्यक्तिगत विषयमा उनले आप्mनो व्यक्तिगत सम्पत्ति पार्टीलाई दान गरे र पार्टीको अनुपस्थितिमा राष्ट्रलाई । इभा ब्राउनकी आमा तथा आप्mना पारिवारिक कर्मचारीहरुलाई अंशदान गर्ने अधिकार हिटलरले बोर मेनलाई दिए ।
बिहान ४ बजे अन्तिम दस्तावेजमा हिटलरको हस्ताक्षर भयो र उनी आराम गर्न गए । फुहररबिहिन धर्तीमा बस्न गोयबल्सलाई मनपर्ने कुरा थिएन । त्यसैले हिटलरले रोक्दा रोक्दै पनि उनी आप्mनो फैसलामा अडिग रहे र हिटलरको दस्तावेजमा नै आप्mना दुई पंक्ति जोडिदिए । उनले लेखे कि आप्mनो जीवनमा फुहररको एउटा पनि आदेश उल्लंघन गरिनँ तर आज म उनको अन्तिम आदेशलाई सादर अस्वीकार गर्छु र फुहररकै जस्तो म पनि आप्mनो परिवारसँगै मृत्युवरण गर्छु ।
२९ अप्रिलको दोस्रो प्रहरमा हिटलर जब आत्महत्या गर्ने तयारी गर्दै थिए तब अचानक उनलाई एउटा खराब समाचार प्राप्त भयो कि उनका गुरु एवं सहयोद्धा तथा धुरी राष्ट्रका वरिष्ठ नेता बेनिटो मुसोलनी तथा उनकी रखैल क्लारा पेताची उत्तरी इटलीमा मुक्ति फौजद्वारा मारिए । आत्महत्या गर्नको लागि यो कुराले हिटलरलाई अरु बल प्रदान ग¥यो ।
त्यही दोस्रो प्रहरमा हिटलरले सबैभन्दा ज्यादै प्यारो कुकुर ब्लोन्डीलाई विष पिलाए । बंकरका अन्य अरु दुई कुकुरहरुलाई पनि गोली हानेर मारियो । यसपछि आप्mना दुई महिला सेक्रेटरीलाई बोलाएर भनियो कि मेरा उच्चपदस्थ साथीहरु भन्दा पनि ज्यादै विश्वसनीयताको परिचय तिमीहरुले दियौ तर बिदाइको यो घडीमा तिमीहरुलाई दिनको लागि मसँग राम्रो उपहार केही छैन । यसको लागि मलाई अफसोच छ, भन्दै दुवैको हातमा एउटा एउटा साइनाइडको गोली दिएर भने, ‘आवश्यकता प¥यो भने यसको प्रयोग गर्नु । अर्को आदेश नभएसम्म बंकरमा सुत्नको लागि कोही पनि जाने छैन र बचे खुचेका फाइलहरु पनि जलाइयोस् ।’ यसपछि बंकरका सबै मानिसहरुले एक एक गर्दै हात मिलाए र आप्mनो कोठामा गए । अचानक एउटा विचित्रको घटना घट्यो । बंकरभित्रका सबै कर्मचारीहरु एकजुट भएर स्वर मच्चाउँदै ताण्डव गर्न थाले । उनीहरुको भनाइ थियो कि केही समयपछि नै लालसेनाले हामी सबैको ज्यान लिनेछ । फुहररको अनुशासन पनि हामीमाथि अहिले लागू छैन । त्यसैले जे मनमा आयो त्यो गर्न हामी स्वतन्त्र छांै, हामी आप्mनो मालिक आफंै हौं । हो–हल्ला यति बढ्यो कि हिटलरको कोठाबाट हो–हल्ला बन्द गर्ने निर्देशन भयो तर कसैले पनि मानेनन् ।
जसै जसै हिटलरको अन्तिम क्षण नजिक नजिक आउँदै थियो त्यसैगरी बर्लिनको पनि । हिटलरले ज्यादै शान्त भएर बर्लिनको अवश्यम्भावी पतनको बारेमा थाहा पाए । ३० अप्रिलको दुई बजे आप्mना दुई सेक्रेटरीसँग उनले खाना खाए । इभा ब्राउनले भोक नलागेको कारणले खाना खाइनन् । २ः३० बजे हिटलरले आप्mनो ड्राइभरलाई चान्सलरीको छतमा २०० लिटर पेट्रोल राख्ने आदेश दिए । बहुतै खोजी गरेपछि बल्ल बल्ल १८० लिटर पेट्रोलको व्यवस्था हुन सक्यो । यसपछि इभा हिटलरलाई बोलाएर ल्याइयो । बंकरका मानिसहरुसँग अन्तिम बिदाइको समयमा गोयबल्सकी पत्नी उपस्थित थिइनन् । आप्mना फूल जस्ता छ वटा बच्चालाई मार्नु पर्ने काम उनकै जिम्मामा थियो । यो चिन्ताले उनलाई भित्रभित्रै खाइरहेको थियो । ती सबै निष्पाप एवं निर्दोष बच्चाले खेलकूद गर्दै सबैको मन जितिसकेका थिए । आमाचाहिँ एक्लै आप्mनो कोठामा आफूलाई सम्हालिरहेकी थिइन् । इभा तथा हिटलर आप्mनो कोठामा गए । गोयबल्स, बोरमेन तथा केही अरु मानिसहरु कोठाको ढोकामा बाहिरपट्टि उभिए । यतिकैमा रिभल्वरबाट गोली पड्केको आवाज आयो र दोस्रो गोलीको आवाज सुन्नको लागि सबै मानिसहरु पर्खाइमा बाहिर उभिरहे । तर गोलीको दोस्रो आवाज आएन । तब मानिसहरुले कोठाभित्र चियाएर हेरे । रगताम्य हिटलरको शरीर सोफामा लडेर चिसो भएको थियो र उनको छेवैमा इभाको लाश थियो । खुट्टा तल दुईवटा रिभल्वर थिए तर इभाले गोली नचलाएर विषपान गरेकी थिइन् । ३० अप्रिल १९४५ को मध्यान्ह ३ः३० बजे आप्mनो ५६ औं वर्षगाँठको ठीक १० दिनपछि जर्मन थर्ड राइखका विधाता इतिहासको गर्भमा विलिन भए । दुवै लाशलाई लगेर बंकरका कर्मचारीहरुले पेट्रोल छर्केर आगो लगाइदिए ।