
काठमाडौँ धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेन–जीमाथि आक्रमण भएको छ । बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लैजाने क्रममा जेन–जी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए ।नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् । जेन–जीहरूले धनगढीमा आज बिहानैदेखि प्रदर्शन गरिरहेका थिए । उनीहरूले ‘किलरहरू नट अलाउड’लगायतका नाराबाजी गरिरहेका थिए ।यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाहरुले प्रदर्शन गरेका थिए। जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।प्रदर्शनस्थलमा जेन–जी प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको संख्या बढी थियो । तर, प्रहरीको सुरक्षा घेरा तोड्दै जेन–जीमाथि आक्रमण भएको हो ।




























