विनिता पौडेल
- यदि एक मानिसको उन्नति हुन्छ भने उसँगै पूरा संसारको उन्नति हुन्छ । यदि एक व्यक्तिको पतन हुन्छ भने संसारको पनि पतन हुन्छ । महात्मा गान्धी
- हाम्रो सबैभन्दा ठूलो शान कहिल्यै नलड्नुमा छैन, बरु जब जब हामी लड्छौ, लडेर हरेक पटक उठ्नमा छ । कन्फ्यूशियस
- दूध छिटै उम्लिन्छ । दुर्बल मानिस छिटै तात्छ । पाइथागोरसजबसम्म तल खसिदैन, तबसम्म उच्च उठ्न सकिदैन । आदि शंकराचार्य
- परस्पर विरोधी कुरामा एकता गराउनुभन्दा ठूलो दुष्कर कार्य अरु छैन । ओवेन डिक्सन
- यदि चरा एक झुण्ड हुन्छन् भने बाघको छाला काड्न सक्छन् । शेख सादी
- सबैको हातमा पाँच औंला हुनुपर्छ । यी हुन् त पाँच तर काम सहस्र गर्छन्, किनकि यसमा एकता छ । विनोबा भावे
- बलेका दाउराहरुलाई अलग–अलग गरेमा धुवाँ आउँछन् तर एकसाथ भए भने बल्छन्, त्यसैगरी दाजुभाइहरुमा पनि फुट भएमा दुःख पाउँछन् र एकता भएमा सुख पाउँछन् । विदुरनीति
- एक ढिक्काबाट, एकताबाट र मेलबाट नै सबैको कल्याण हुनसक्छ । भगवद्गीता
- एकाग्रतापूर्वक गरिएको विचारले असम्भवलाई पनि सम्भव बनाउँछ । खप्तड स्वामी
- जीवनमा बुद्धिमतापूर्ण कुनै कुरा छ भने त्यो एकाग्रता हो यदि कुनै खराब कुरा छ भने त्यो हो आफ्नो शक्तिहरुलाई यत्रतत्र छरपष्ट बनाउनु । इमर्सन
- दौडनु व्यर्थ हो, मुख्य कुरा त समयमा हिंड्नु हो । ला फान्तेने
- कसैलाई भिखारी बनाउनको लागि केही नगर, बस ! उसलाई ऐयाश बनाइदेउ ।अफलातून
- स्वयंलाई हीन मान्ने मानिसले उत्तम प्रकारको ऐश्वर्य प्राप्त गर्दैन । महाभारत
- कदम पछि नहटाउनेले नै ऐश्वर्यलाई जित्छ । ऋग्वेद
- मेरो विश्वास छ आजको सम्पूर्ण चिकित्सा शास्त्र यदि समुद्रमा डुबाइदिने हो भने यो मानिसको परम सौभाग्य हुनेछ, तर माछाको परम दुर्भाग्य । होम्स
- आफ्नो औसत आय व्ययको सन्तुलन राख्नु नै श्रेष्ठ अर्थनीति हो । कौटिल्य
- सानो दानी पुरुषको पनि सम्मान गर्नुपर्छ तर महान् सम्पत्तिको स्वामी भएर पनि कंजूसको हैन । पंचतन्त्र
- कंजूसको धन कुकुरले खान्छ । आत्रेय संहिता
- कलंक मृत्युको कारण बन्छ । विलियम शेक्सपियर
- अरुको कीर्तिको नाश गरेर जसको आत्मा खुशी हुन्छ, उसलाई यस्तो कलंक लाग्छ, जुन कहिल्यै मेटिदैन । तुलसीदास
- लिखितनामा लिएको ऋण अमर हुन्छ र वचनबद्ध ऋण निर्जीव र नश्वर । प्रेमचन्द
- मानिस झुटो साँचो वचन भनेर ऋण लिन्छन्, ऋण लिदा धेरै सुख मिल्छ तर फिर्ता गरिदैन । गिरधर कविराय
- कुनै तरवारको आघात यति तीव्र हँुदैन जति कर्कश जिब्रोको । सर. फिलिप सिड्नी
- प्रकृतिले जब कठिनाइहरु बढाइदिन्छन् बुद्धिलाई पनि बढाइदिन्छन् । इमर्सन
- जुन प्रकार श्रमले शरीरलाई शक्ति प्रदान गराउँछ, त्यसै प्रकार कठिनाइहरुले मानिसलाई शक्तिसम्पन्न बनाउँछ । सेनेका
- कठोर परिश्रमबाटै मानिसले सबैथोक पाउन सक्छ । चार्वाक
- कण जति सूक्ष्म हुन्छ त्यति नै धेरै शक्तिशाली हुन्छ । आइन्स्टाइन
- तिम्रो बुद्धि र हृदयलाई जे साँचो लाग्छ त्यही तिम्रो कर्तव्य हो । महात्मा गान्धी
- मानिसहरुको परम् कर्तव्य आफ्नो अन्तस्करणप्रति इमानदार रहनु हो । ह्यारोल्ड जे. लास्की
- आधुनिक समयको कर्तव्यहरुलाई हामी परिभाषाद्वारा सीमित गर्न सक्दैनौ । जोन स्टुअर्ट मिल
- परिस्थितिको विचार नगरी मानिस आफ्नो कर्तव्यप्रति जहिले पनि निष्ठावान रहनुपर्छ । गौतम बुद्ध
- आफ्नो कर्तव्य पूरा गर्नेतर्फ मानिसले जहिले पनि विचार पु¥याउनु पर्छ । जिसस क्राइष्ट
- जसले आफ्नो इन्द्रियलाई अनुशासित गर्न सक्छ, त्यो नै श्रेष्ठ मानिस हो । नानक
- शिक्षाले राज्यको प्रत्येक मानिसलाई उसको कर्तव्य अवगत गराउँछ । प्लेटो
- व्यक्तिको मुख्य कर्तव्य राज्यको आज्ञा पालना गर्नु हो । जिनज्याक रुसो
- अल्छी नमानी फलको आशा नलिई आशक्तिलाई त्यागी गरेको काम सिद्ध हुँदा र नहुँदा पनि समभाव राखी कर्मयोगी भई कर्तव्य पूरा गर्नुपर्छ । भगवद्गीता
- कथा मनोरम लेखन, अभिश्रवण र कथनका रुपमा प्रस्तुत हुने रमाइलो गद्यात्मक आख्यानविशेष हो । वात्स्यायन
- कथाको आयतन एक बसाइमा पढिसकिने हुनुपर्छ । एकपल्ट तयार भएको मानसिक स्थिरता भङ्ग नभई समाप्त हुने स्थितिलाई ध्यानमा राखेर लेखिएको आख्यानात्मक रचना नै कथा हो । हड्सन
- कथा एउटा सानो झ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ । महाकवि देवकोटा
- कथाकारले जे जति भन्छ त्यो सबै उसको आत्मकथाको एउटा टुक्रामात्र हो । वी.पी कोइराला