
सरकारले रासायनिक मलमा मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान ११.७८ प्रतिशतले कटौती गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको हो ।मन्त्रालयकाले यस अघि ७०.८२ प्रतिशत अनुदान दिँदै आएको थियो । सरकारले दिँदै आएको अनुदान कटौती गरेपछि अब युरिया मलको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ।




























