
नेपालको गद्दापी हुन् हर्क साम्पाङ ! र, उनी गद्दाफी झैं मारिन सक्छन् ! कसरी ? शीर्षक जे जस्तो भए पनि विषय गम्भीर छ, धैर्य गरेर पूरा पढ्नुस् । तेलको खोज गर्दा बाइ चान्स लिबियाको जमिनमुनि ३० हजार वर्ष पहिला जमेको फोसिल शुद्ध पिउने पानीको भण्डार फेला पर्यो । साहारा मरुभूमि तल तेल नभएर पानीको भण्डारण! आश्चर्य भएको थियो । जमिनमुनिको पानीको यो श्रोत कति विशाल थियो भने त्यो पानीले पूरा लिबियामा २५० वर्षसम्म सिचाइ हुन सक्थ्यो र विज्ञका अनुसार हरेक १०० वर्षमा पानी फेरि उही अनुपातमा त्यो भण्डारणमा जम्मा भइसक्ने थियो । पानीले लिबियामा एउटा आशाको संचार भयो तर पानी पृथ्वी तल अति गहिराइमा भएकाले प्रयाग गर्न सहज थिएन । बेसुमार धनको आवश्यकता थियो । अब पश्चिमा राष्ट्र र बैकहरु तेलमा लगानी गर्न त चाहन्थे तर पानीमा उनीहरुको रुचि थिएन । तर गद्दाफी जुनसुकै सर्तमा त्यो पानी निकालेर लिबियाका जनतालाई पिलाउन चाहन्थे, नहर बनाएर लिबियामा कृषि क्रान्ति ल्याउन चाहन्थे । त्यति मात्र होइन तेलभन्दा महँगोमा युरोपलाई पानी बेच्ने उनको योजना थियो तर समस्या पानी निकाल्न लगानीको अभाव थियो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनले नहर बनाउनका लागि सुर्तीजन्य र मादक पदार्थमा कर बढाए ।धेरै पाइपलाइन त अमेरिकाले बम हानेर ध्वस्त पारिदियो भने आज कति ति जर्जर भए । गद्दापीको अवसानपछि पानी रिजर्भ राख्न बनाइएका कुवाको पनि मर्मत भएन । आज लिबियाको के हालत छ हामी सबैलाई थाहै छ । अब फर्कौ नेपालको धरानतिर जहाँ नेपाली गद्दाफी हर्क साम्पाङले ४० किलोमिटर लामो पाइप लाइन ओछ्याएर कोकाको पानी ल्याएर धराने जनतालाई खुवाउन थाले । मैले माथि उल्लेख गरेको छु गद्दाफी झैं हर्क साम्पाङ पनि मारिन सक्छन् । यसो सुन्दा धेरैलाई यो सब हावा कुरा जस्तो लाग्छ तर यही सत्य साँचो हो । यसको आधार म दिन्छु जुन अकाट्य छ । फेरि यसको मतलब के होइन भने मैले यो लेखेको केही दिनमै हर्कलाई मारिने छ । थ्योरी यस्तो छ । अहिले हर्कले कोकाको पानी धरान ल्याए । हामी सबैलाई थाहा छ यति पानीले धरानलाई पुग्दैन ।अन्तर्राष्ट्रिय बैक तथा वित्तिय संस्था र विदेशीको एक डलर पनि ऋण नलिइ गद्दाफीले साहारा मरुभूमिमा राजधानी त्रिपोली र बेघाजीसम्म र अन्य क्षेत्रका लागि पहिलो चरणमा ७ मिटर लम्बाई र ४ मिटर डाइमिटर भएका ४००० किलोमिटर पाइप लाइन ओछ्याए । यसले दैनिक ६ मिलियन क्युबिक मिटर पानी डेलिभर गथ्र्यो । जमिनी सतहबाट ५०० मिटर तल कुवा बनाएर त्यो पानीलाई रिजर्भ गरियो । यसरी गद्दाफीले साहारा मरुभूमिमा विश्वको आठौं आश्चर्य भनिने सिंचाइ योजना बनाए । कल्पनाभन्दा बाहिर महान् मानव निर्मित नदी बन्यो ा यो कार्यको विश्वमा चर्चा भयो र यसलाई द ग्रेट म्यान मेड रिभर भनियो । र, यो विश्वको सबैभन्दा ठूलो सिंचाइ योजना थियो । १९९९ मा मरुभूमिमा पानी प्रयोगको वैज्ञानिक योजना तयार गरेकोमा लिबियालाई युनेस्कोले पुरस्कार पनि दियो । यस मानव निर्मित नदीले लिबियामा कृषि उत्पादनमा कायापलट भयो भने खानेपानीको समस्या समेत पूर्ण रुपमा समाधान भयो । हरियाली बढेर वातावरणमा सुधार आयो । दोस्रो चरणमा पाइपलाइन वा जहाजबाट युरोपमा समेत शुद्ध पिउने पानै निर्यात गरेर तेलबाट भन्दा बढी मुनाफा गर्ने गद्दापीको योजना थियो । त्यस्तै गद्दापी पूरा लिबिया र मेडिटेरियन सि वरिपरि हरियाली क्षेत्र बढाउँदै जाने योजनामा थिए । मरुभूमि तल भण्डारण यस पानीको प्रयोगबाट कसैलाई हानि थिएन । यो पानीको भण्डारण लिबिया, इजिप्ट, सुडान र चाडमा समेत भएकाले सही उपयोग भएमा ५ प्रतिशत मात्र पानी पर्ने सहारा क्षेत्रको मात्र होइन पूरा अफ्रिकाको कम्तीमा पनि पिउने पानीको समस्या सुल्झिने थियो । अरर्बौं खर्चेर गद्दापीले यो प्रोजेक्ट बनाए । लिबियाका कुनाकाप्चाका लागि पाइपलाइन तयार हुँदै थिए ।
तर अर्कोतिर पश्चिमाहरु गद्दाफीसँग तर्सेका थिए । यो पूरा प्रोजेक्ट सफल भएपछि लिबियामा गद्दापीलाई अमेरिकाले छुन नसक्ने पक्का थियो । यो सबै बुझेका पश्चिमाले आफ्नो चरित्र अनसार षडयन्त्र थाले । गाउँमा गरिबलाई प्रशस्त पानी नदिएको, पानीमा जातिगत रुपमा विवेध गरिएको, जन दमन गरेको, मानवअधिकारको उल्लंघन गरेको जस्ता अनावश्यक फत्तुर मात्र लगाएनन् लिबियालाई गृह युद्धमा समेत फसाइदिए । देशमा गृहयुद्ध चर्केपछि धनजनको क्षति हुनु त थियो नै, भयो । तर, यसैलाई प्रयोग गरेर गद्दापीले प्रकृति र मानवता माथि प्रहार गरेको भनेर अमेरिकी नेतृत्वको नाटोले अर्का देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बडो प्रहरी बनेर लिबियामाथि आक्रमण गर्यो । जुन पानीको प्रयोग गरेर गद्दापी साहारा मरुभूमिलाई नै हरियालीमा रुपान्तरण गर्दै थिए उसैले वातावरण बिगारेको भन्न समेत अमेरिकाले लाज मानेन र अभिशप्त लिबियाका जनताले पश्चिमाकै कुरा पत्याए । धुर्त अमेरिकालाई साथ दिए । र, गद्दाफको अवसान भयो । अमेरिकी सेनाबाट उनी मारिए । नाटो सेनाले लिबियामा आक्रमण गर्दा सर्वप्रथम उसले गद्दाफीले बनाएको यिनै पाइपलाइनमा बम्बार्ड गरेको थियो । पाइप लाइनमा प्रहार गरेर नाटो सेनाले लिबियाको सम्पूर्ण सिंचाइ व्यवस्था ध्वस्त पारिदियो । लिबियामा सिंचाइ त परको कुरा भयो बरु पुनः पिउने पानीकै समस्या आयो । आज लिबियाका जनता फेरि पानीको लागि तड्पीरहेका छन् ।
यो अस्थाइ समाधान मात्र हो । धरान अर्थात सुनसरी र मोरङको पिउने पानी र सिचाइको समस्या सदाका लागि भगाउने हो भने कोशीको पानी नै अन्तिम विकल्प हो । र, हर्क साम्पाङ अहिले धराने जनतालाई कोशीको पानी खुवाउने भन्दैछन् पनि । यदि यस अभियानमा उनी जोडदार रुपमा लागिरहे र इटहरी हुँदै विराटनगरका जनता पनि शुद्ध पिउने पानी र सिंचाइको लागि उनको यस अभियानमा जोडिए भने म दावाका साथ भन्छु हर्कको जीवनमा खतरा आउने छ जसरी मरुभूमिको पानी निकालेर लिबियाको तिर्खा मेट्दै सिंचाइ समेत गरेकाले गद्दाफीको जीवन गयो । गद्दापीलाई त अमेरिकाले सिध्यायो अब हर्क साम्पाङलाई कोबाट खतरा छ त ? तपाईंको मनमा पक्कै प्रश्न उठेको छ । खतरा छ र त्यो खतरा इण्डियाबाट छ ! इण्डिया अहिले कोशी उच्च बाँधको कुरा जोडतोडले गरिरहेको छ जुन चतरामा बाँधिनेछ । यो सम्झौता भएपछि कोशीमा बाँधिने उच्च बाँधले नेपालका चार जिल्लाका धेरै पहाडी बस्ती डुबानमा पर्नेछन् भने इण्डियाको पानीको हाहाकार सकिने छ । नेपालका दलाल नेता मार्फत कोशीमाथि कुनै छेडखानी गर्न नपाउने सन्धीमा हस्ताक्षर गराएर हामीलाई फँसाएपछि सप्तकोशी मात्र होइन त्यसमा मिसिएका अन्य सहायक नदीको पानी समेत हामी नेपालीले छुन पाउने छैनौं ।
नेपाली काकाकुल बन्न अभिशप्त हुने छन् । अब तपाईं आफै सोच्नुस् यो इण्डिया र नेपालको यो असमान सम्झौता पछि पनि हर्क साम्पाङ धराने जनतालाई कोशी पानी खुवाउँछु भन्ने अभियानमा लागि रहे भने के हुन्छ ? निश्चित छ अमेरिकाले लिबियामा जस्तो सेना पठाएर होइन एउटा अपराधी मार्फत दुर्घटना गराएर हर्कलाई गद्दाफी बनाइने छ । र, अन्त्यमा म सबै नेपालीलाई अनुरोध गर्छु, कोशी उच्च बाँध जुन नेपाल र नेपालीको अभिशाप हो यसमा इण्डियाले नेपाललाई नराम्ररी फँसाइरहेको छ । अर्थात् इण्डियाले चाँडै पूर्ण रुपमा कोशी र त्यसका सहायक नदी कब्जा गर्दैछ । र, यता हामी नेपालीका जमिन सिंचाइ गर्न नपाएर बन्जर हुनेछन् भने इण्डियाले कोशीको पानीबाट बिहार मात्र होइन नदी घुमाएर पश्चिम बंगालसमेत सिंचाइ गर्ने योजना तयार गरेको छ । जय सचेत नेपाली ।




























