आइसिसि विश्वकप लिग २ को नेपालमा भएको त्रिदेशीय श्रृंखलाअन्तर्गत आफ्नो चौथो तथा अन्तिम खेलमा नेपाल ८ विकेटले पराजित भएको छ ।
आईतवार त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा भएको खेलमा नेदरल्याण्डले नेपाललाई ८ विकेटले हराएको हो । जितसँगै नेदरल्याण्ड दोस्रो स्थानमँ उक्लिएको छ । नेदरल्याण्डले एक खेल नामिबिया र एक खेल नेपाललाई जितेको हो । १७३ रनको सामान्य लक्ष्य पाएको नेदरल्याण्डले ३७.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।नेदरल्याण्डको जितमा विक्रमजित सिंहले नट आउट ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै साइब्रान्द इंगलबेच्टले नट आउट ४६ रन बनाए । क्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए । बलिङमा नेदरल्याण्डका भिभान किंगमा र आर्यन दत्तले समान ३÷३ विकेट लिए । त्यस्तै बास डि लिडेले २ र रोलेफ भान डर मेरेले १ विकेट लिए । नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले । करण केसी २६, आरिफ शेख २२, आसिफ शेख १७, रोहित पौडेल १६ रनमा आउट भए । कप्तान रोहितले कुल चार खेलमा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अन्य ब्याटरले दोहोरो स्कोर छुन सकेनन् । यता बलिङमा पनि नेपालले बिर्सनलायक प्रदर्शन ग¥यो । ललतिनारायण राजबंशीले एक दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।