
ललितपुर| एएफसी च्यालेन्ज लिगको प्लेअफमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मंगलबार भुटानी टोली पारो एफसीसंग प्रतिष्पर्धा गर्दैछ ।उक्त खेल मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा सुरु हुने छ । खेलमा चर्च ब्वाइज घरेलु मैदानलाई उपयोग गर्दै जितको लक्ष्यका साथ मैदान उत्रदैछ । खेल अघि सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रिम्याच कम्फ्रेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा घरेलु समर्थकलाई राम्रो नजिता दिने बताउनुभयो । उहाले पारो एफसीसंग आफ्नो क्लव तयारी अवस्थामा रहेको र टीमप्रति सन्तोषजनक रहेको जिकिर गर्नुभयो ।त्यस्तै चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङले खेलका लागि प्लान अनुसार तयारी गरिरहेको भन्दै नजिता आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षणको सुरुवाती चरणमा टिममा केहि समस्या देखिएपनि अहिले टिमले बलियो तयारी गरेको उहाको भनाइ छ ।त्यस्तै भुटानी टोली पारो एफसीका प्रशिक्षक र कप्तानले पनि प्लेअफमा राम्रो नजिता आउने गरि तयारी गरेको जनाएका थिए । खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुवन्ध गरेको छ । प्लेअफको विजताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरु अक्टोबर २६ देखि हुनेछ ।




























