
काठमाडौं ।दोस्रो टी-२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो।टेक्सासस्थित ग्रान्ड प्रेरि रंगशालामा आइतबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको बनायो ।नेपालका कुशल भूर्तेलले सानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । त्यस्तै, करण केसी ६ रनमा अविजित रहे ।यस्तैगरी, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहित कुमार पौडेलले १८, दीपेन्द्र सिंहले २ र आसिफ शेखले १ रनको योगदान दिए ।अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट हात पारे। अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।




























