
साफ च्याम्पियनशिप २०२३ अन्तर्गत नेपाल र कुवेतबीचकाे खेलकाे पहिलाे हाफ सकिएकाे छ ।भारतको बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा भएकाे खेलमा पहिलाे हाफ सकिँदा नेपाल २ गाेलले पछि परेकाे छ । कुवेतका लागि कप्तान खालेद हजियाले खेलकाे २३ औँ र शाइबाइबा अल्खाल्दीले ४१ औँ मिनेटमा गाेल गरे । नेपालले गाेलकाे केही अवसार पाए पनि त्यसलाई सदुपयाेग गर्न सकेन ।नेपालले अहिलेसम्म कुवेतलाई हराएकाे छैन । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको सबैभन्दा उत्कृष्ट प्रदर्शन हाे ।




























