काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बागमती प्रदेशबाट मात्र दुई टिम सहभागी छन् ।
राजधानीबाट काठमान्डु गुर्खाज र चितवन राइनोज आजको पहिलो खेलमा भिड्दै छन् ।गुर्खाज र राइनोजबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान सवा ९ बजेदेखि सुरु हुनेछ ।
करण केसीले काठमान्डुको कप्तानी गर्नेछन् भने युवा अलराउण्डर कुशल मल्लले चितवनको कप्तानी सम्हाल्दै छन् ।
काठमान्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू-१९ विश्वकप खेलेका दिपेश कँडेल छन् ।
यसैगरी चितवन राइनोजमा राष्ट्रिय टिममा रहेका बाँयाहाते मिडियम पेसर रिजन ढकाल छन् ।यस्तै विदेशी खेलाडीमा पाकिस्तानका भेट्रान बलर सोहेल तनविर र इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई भित्र्याएको छ । यस्तै टीयू मैदानमा कुशल मल्लकै कीर्तिमान तोडेका नामिबियाका जान निकोलस लफ्टी इटन पनि चितवन टिममा छन् ।नामिबियाका कप्तान जेरार्ड एरासमस र नेदरल्याण्ड्सका युवा ओपनर माइकल लेभिट,स्टेफेन इस्किनाजीसहित अलराउण्डरद्वय डान डौथवेट र नाथन सोटर पनि टोलीमा छन् ।चितवनले इंग्ल्याण्डकै युवा ब्याटर लुक बेन्केन्सटाइनलाई पनि अनुबन्ध गरेको छ भने यस टिममा अफगानिस्तानका स्टार मोहम्मद नावीका छोरा हसन इसिखिल छन् । पाकिस्तानका सोहेल तनविर छन् ।यी हुनसक्छनु सम्भावित ११ खेलाडीहरु
काठमान्डु गुर्खाज : स्टेफेन इस्किनाजी, माइकल लेभिट, जेरार्ड एरसमस, सुमित महर्जन, भिम शार्की, डान डौथवेट, कृष्ण कार्की, करण केसी, रासिद खान, दिपेश कँडेल, शाहब आलम
चितवन राइनोज : स्न्तोष कार्की, हसन इसिखिल, रवि बोपारा, कुशल मल्ल, जान निकोलस लफ्टी इटन, शरद भेषावकर, दिपक बोहरा, अमर सिंह राउटेला,रिजन ढकाल, सोहेल तनविर।