काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् । नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ ।यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ ।
शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ ।नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् ।