
काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् ।एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।हालसम्म खेलेका पाँचमध्ये नेपाल चार खेलमा पराजित भएको छ । यससँगै नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।




























