
काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार सम्पन्न अन्तिम–१६ को खेलमा निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समयसम्म दुवै टोलीबाट कुनै गोल हुन सकेन। गोलरहित बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।पेनाल्टीमा स्वीट्जरल्यान्डले ४–३ को जित निकाल्यो। उसका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे भने म्यानुअल अकांजीको प्रहार गोलमा परिणत हुन सकेन।कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा चुकेपछि टोली प्रतियोगिताबाट बाहिरिएको हो।यससँगै फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरणका सबै खेल सम्पन्न भएका छन् भने क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ।



























