
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि ३०औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, बेल्जियमले ४१औँ मिनेटमा चाल्र्स डी केटेलारेको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो।बराबरीतर्फ उन्मुख खेलको ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को महत्वपूर्ण जित दिलाए।यस जितसँगै स्पेन विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ भने बेल्जियमको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।



























