उनको वजन ६२ केजी थियो तर उनको त्यो पातलो शरीरमा जुन शक्ति थियो त्यसको कुनै उपमा थिएन । जहाँसुकै र जहिलेसुकै उनी कुङ्ग–पूmको अभ्यास गरिरहन्थे । हवाईजहाजमा पनि उनी अभ्यास गर्ने गर्थे । बाटोमा हिंड्दा हिंड्दै उनलाई कुनै पोज याद आयो भने उनी त्यही रोकिएर त्यसको अभ्यास गर्न थालिहाल्थे । त्यहाँ उनको त्यो अनौठो कला हेर्नेको भीड लाग्थ्यो । यिनी थिए, ब्रुस ली ।
३२ वर्षमा नै यो संसारबाट बिदा भएका ब्रुस ली लडाईं–भिडाईं मन पराउने र दुस्साहसिकता (एडभेन्चरिज्म) हेरेर दङ्गदास पर्नेहरुका लागि, मार्शल आर्ट्स् प्रेमीहरुका लागि वास्तविक नायक हुन्, मार्शल आर्ट्सका त उनी सदाबहादर नायक नै मानिन्छन् । उनको समयमा उनलाई संसारको सबैभन्दा स्वस्थ व्यक्ति मानिन्थ्यो र चितुवाभन्दा बढी फुर्तिलो खेलाडी भनिन्थ्यो । त्यसो त उनले कहिल्यै कुनै विश्वस्तरका प्रतियोगिता खेलेनन् । ओलम्पिक वा एशियाड र यस्तै महत्वपूर्ण प्रतियोगिताहरुमा सहभागी भएनन् तथापि उनी खेलाडीको रुपमा कहिल्यै मेटिन नसक्ने छवि बनाएर गए ।
ब्रुस लीको लोकप्रियताको अर्को एउटा कारण पनि छ । उनी सधैं अन्यायको विरुद्ध लड्न तत्पर रहन्थे, कसैमाथि अत्याचार भएको देखिसहँदैन थिए । निर्धा, निमुखा र असहायहरुका उनी महान् हितैषी थिए । आफूले अभिनय गरेका फिल्महरुमा पनि उनको यही पक्ष बढी मुखरित भएको छ– त्यहाँ उनी न्याय र सत्यका पक्षपाती बनेका छन्, साम्राज्यवादी दमन र अतिक्रमणको विरुद्धमा उभिएका छन् र असहायहरुको रक्षकको रुपमा देखिएका छन् ।
जातीय हिसाबले चिनियाँ अमेरिकी मूलका ब्रुस लीका पिता ली हो यी युन स्वयं चिनियाँ मूलका अमेरिकी व्यक्ति थिए भने उनकी आमा ग्रे ली युरोपियन महिला थिइन् । उनका बाबु हङकङको रंगमञ्च (अपेरा) मा काम गर्ने कलाकार थिए । उनकी आमा पनि श्रीमानलाई यो काममा सहयोग पु¥याउँथिइन् । ली हो यी युनको परिवार अमेरिकामा हुँदै २७ नोभेम्बर १९४० मा सन्–फ्रान्सिस्कोमा ब्रुस लीको जन्म भएको थियो । उनको शिशु अवस्थामा नै उनका माता पिता सन्–फ्रान्सिस्कोबाट हङकङ आएका थिए र पिताको रंगमञ्चीय जीवन अगाडि बढेको थियो ।
पिता रगमंचसँग जोडिएकोले ब्रुस लीमा सानैदखि अभिनय कलाको प्रभाव प¥यो । उनका पिता रंगमंच (नाटक आदि) मा मात्र सीमित नरही पछि गएर फिल्महरुमा पनि अभिनय गर्न थालिसकेका थिए । ब्रुस ली केवल ६ वर्षको छँदा उनले पनि बाल कलाकारको रुपमा फिल्महरुमा अभिनय गर्ने अवसर पाइसकेको थिए । तर उनले बाल–कलाकारको यो क्रमलाई निरन्तरता दिएनन् ।
बालापन, लडाकु स्वभाव
ब्रुस लीको खास नाम जुन फनन् ली हो । तर उनको यो नाम परिवर्तन उनकी आमा वा पिता कसैले पनि गरेका होइनन् । उनको अनुहार ‘टिपिकल’ चिनियाँ जस्तो थियो भने उनको कपाल सानैदेखि सर्लक्क परेको र कालो थियो । परिवारका अनेक परिचितहरुमध्ये एकजना नर्स पनि थिइन् । तिनै नर्सले बालक जुन फानन्लाई जहिले पनि कहिले माया गरेर त कहिले जिस्क्याएर ‘ब्रुस–ब्रुस’, भनेर सम्बोधन गर्ने गर्थिन् । पारिवारिक हितैषी ती नर्सको सिको गर्दै अरुहरुले पनि उनलाई ‘ब्रुस’ भन्न थाले र हँुदाहुँदै कालान्तरमा उनी यही ‘ब्रुस ली’ को नामले संसार प्रसिद्ध भए । तर उनले आफू मार्शल आर्टस्को दुनियाँमा चर्चित भइसकेपछि अभिनय गरेका फिल्महरुमध्ये लगभग सबैमा आफ्नो नाम चिनियाँ नाम नै राखेका छन् । उनका फिल्महरुमा महान् चिनियाँ राष्ट्रवादको झलक पाउन सकिन्छ ।
ब्रुस ली सानै छँदा निकै चंचले स्वाभावका थिए । लडाईं–भिडाईंका खेलहरुमा उनलाई अति रुचि लाग्थ्यो । बालकहरुमा त्यति साह्रै शारीरिक बल हुँदैन । तापनि ब्रुस लीको पिटाइबाट अरु बालबालिकाहरु खूबै डराउँथे र सकेसम्म उनको पिटाइ खान नपरोस् भनी टाढा टाढै भाग्थे ।
बालक कालमा ब्रुस लीको शरीर लिखुरे, अति दुब्लो पातलो थियो । तर उनको शरीर भने हदै बलियो थियो र हाडहरु झन् कडा थिए । उनी फूर्तिला पनि त्यतिकै थिए । १३ वर्षको हुँदा यी चञ्चले केटालाई एक दिन केही बदमास केटाहरुले मिलेर खूब चुटे । एका दुएकसँग नटेर्ने भएपनि यसरी धेरै मिलेर आए भने चुट्न सक्दा रहेछन् भन्ने बुझेपछि उनले यस्ता धेरै केटालाई तह लाउने विचारले बक्सिङ र कराँतेको प्रशिक्षण लिन थाले । आफ्नो अति लगन र कठोर प्रशिक्षणले गर्दा थोरै समयमा नै उनी आफ्ना अन्य सहप्रशिक्षार्थीहरुको दाँजोमा कराँते कलामा पारंगत भए । यसपछि उनले प्रख्यात चिनियाँ युद्धकला ‘कुङ्ग–फू’ सिक्न थाले । किशोरावस्था अर्थात् तेह्र वर्षको उमेर पुग्दानपुग्दै उनको शरीर इस्पातजस्तो दह्रो भइसकेको थियो भने उनको मुड्की (पंच) र खुट्टाले गर्ने प्रहार (किक) मा गजबको गति र शक्तिको अनौठो मिश्रण थियो । कुङ्ग–फू सिक्दै गएपछि ब्रुस ली क्रमशः आत्मसुरक्षामा मात्र सीमित नरही अन्य निर्धा र असहायहरुका लागि ठूलो सहयोगी बन्न थाले । हङकङमा मैं हुँ भन्दै हिँड्ने, दादागिरी गर्ने, गुण्डागर्दी गरी हिँड्ने थुप्रै साना–ठूला बदमाशहरुलाई उनी एक्लै तह लगाउँथे । किशोर ब्रुस लीले त्यस्ता अनेक बदमाशहरुलाई कस्तो विधि तह लगाएका थिए भने ती बदमाशहरु फेरि कहिल्यै बिर्सेर पनि उनका सामु वा वरिपरि समेत देखापर्न सक्दैन थिए । भनिन्छ, हङकङमा उनी असहाय व्यक्तिहरु, निर्धाहरु र अरुबाट सताइएका एवं दुःख पाएका व्यक्तिहरुका लागि ठूलो सहयोगी बन्न पुगेका थिए । यसले गर्दा हङकङका के साना, के ठूला सबै व्यक्तिहरुका लागि उनी अत्यन्त प्रिय, आत्मीय र परिचित नाम भइसकेका थिए ।
उनी किशोर अवस्थामा कराँते सिकिरहेको बेला उनलाई अत्यन्त सक्षम गुरु थिपमानको संगत प्राप्त हुन गयो । गुरु थिपमानको मातहतमा प्रशिक्षण गर्दा ब्रुस ली झन् समर्पित भई परिश्रमपूर्वक अभ्यासमा दत्तचित्त भए । उनको अथक मिहिनेत र उत्सुकता देखेर गुरु थिपमान निकै प्रभावित भए । फलस्वरुप, उनले आफ्ना प्रिय शिष्य ब्रुस लीलाई कराँतेका धेरै दाउपेचहरु सिकाए ।
त्यसपछि ब्रुस लीले कुङ्ग–फूको कठोर अभ्यास गर्दै थुप्रै नयाँ पुराना दाउपेजहरु सिके । यसरी उनी सानो उमेरमै परिपक्वता र पूर्णतातिर अग्रसर भए । तर यो अवधिमा उनी जसैतसै हङकङमा चर्चित हुँदै गए, उनको नाम चल्दै गयो । उनले कुङ्ग–पूmको यति धेरै प्रचार गरे कि ब्रुस लीलाई नै कुङ्ग–पूmको जन्मदाता मानिन्छ । नान चक्कु ब्रुस लीको सबैभन्दा खतरनाक हतियार थियो । जब उनी यो पूरा शक्तिका साथ नान चक्कू चलाउँथे भनिन्छ उनको त्यो प्रहारमा १६०० पौण्डको शक्ति हुन्थ्यो । जबकि मान्छेको शरीरको सबैभन्दा बलियो हाड तोड्नको लागि १० पाउण्ड नै काफी हुन्छ । नान चक्कुले उनी मानिसको हातको छुरी, डण्डा र पिस्तोल समेत हावामा उडाइदिन सक्थे । उनको ख्यातिसँगै उनका विरोधी र शत्रुहरुको संख्या बढ्न थाल्यो । कुनै नयाँ कार्यको थालनी गर्न नसक्ने स्थिति उत्पन्न हुँदै गयो । यस्तो प्रतिकूल परिस्थिति बढ्दै गएपछि ब्रुस ली हङकङ छोडेर अमेरिका हानिए । त्यहीं अठार वर्षको उमेरमा पुगेपछि उनले अमेरिकी नागरिकता ग्रहण गरे ।
अमेरिकी नागरिक बनेको लगत्तै ब्रुस ली अमेरिकी राज्य सिटालस्थित वाशिङटन विश्वविद्यालयमा भर्ना भए र त्यहाँ उनले दर्शन तथा इतिहास विषयहरु लिई अध्ययन गर्न शुरु गरे । आफूले हङकङमा सिकेको मार्शल आर्टस् पद्धतिमा थप विशेषज्ञता हासिल हुन सक्ने गरी प्रशिक्षण दिन सक्ने गुरु त्यहाँ कोही पनि थिएन । तसर्थ, उनले मार्शल आर्ट्स, बक्सिङ्ग, कुस्ती आदि सम्बन्धी पुस्तक संकलन गर्ने र तिनै पुस्तकको गहन अध्ययन गर्न थाले । सँगसँगै निजी तवरबाट अभ्यास पनि गर्दै रहे ।
वाशिङगटन विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा साही विश्वविद्यालयमा अध्ययनरत कुङ्ग–पूm जान्ने लिण्डा नामक छात्रासित ब्रुस लीको परिचय भयो उनी मेडिकल विषयकी छात्रा थिइन् । उनीहरु बीचको यो परिचय प्रेममा परिणत भयो र उनीहरुले विवाह गरे । उनीहरुका एक छोरा र एक छोरी भए । लिण्डा डाक्टरी विषय पढ्न छाडेर कुङ्ग–पूmतिरै लागिन् ।
विवाहपश्चात जीविकोपार्जनका लागि ब्रुस ली दम्पत्ति अर्को अमेरिकी राज्य लस एन्जलस बसाइ सरे । ब्रुस ली र लिण्डा ओकल्याण्डमा सन् १९६४ मा कुङ्ग–फू प्रशिक्षण केन्द्र खोले । आप्mनो स्कुलको प्रचारको लागि उनीहरु विभिन्न ठाउँमा गएर कुङ्ग–पूmका अनेकौं कलाको प्रदर्शन गर्थे । उनीहरुको सडक प्रदर्शन हेर्न मानिसहरुको भीड लाग्थ्यो । यसरी प्रदर्शन गर्दा गर्दै एकदिन एउटा टीभी च्यानलले लुकेर फिल्म खिच्यो र टेलिभिजनबाट देखाइदियो । अनि हुनु के थियो उनीहरु रातारात विख्यात भए । उनीहरुको तालिम केनद्रको ख्याति बढ्यो । तालिम लिनेको घुइँचो लाग्यो । उनीहरुलाई अकूत सम्पत्ति र ठूलो सम्मान प्राप्त भयो । ब्रुस लीको चुस्ती, फुर्ती, लगन, परिश्रम, ज्ञान र क्षमता देखेर सबैजना छक्क परे । फलतः उनी यो बेला केवल २५–२६ वर्षको मात्र रहेका भए पनि छिट्टै उनी अमेरिकाभरि चर्चित भए ।
वास्तवमा के पनि भयो भने, ब्रुस लीले लस एन्जलसमा कुङ्गफू तालिम केन्द्र खोल्नु अघिसम्म यो पद्धति मूलतः चीनमा नै सीमित थियो । चिनियाँ गुरुहरु गैर चिनियाँहरुलाई यो कला सिकाउन उत्सुक थिएनन् । ब्रुस लीले त्यो तालिम केन्द्रसँगै पहिलो पटक कुङ्ग–फू कला गैर चिनियाँहरुका लागि उपलब्ध गराए । सँगसँगै यो कला अमेरिकामा प्रथम पटक भित्रियो र विकसित हुन थाल्यो । उनको शारीरिक क्षमता र कला हेरेर प्रभावित भएर अमेरिकी राष्ट्रिय टेलिभिजन कम्पनीहरुले उनलाई प्रशस्त रकम दिई उनका बग्रेल्ती कार्यक्रमहरु टेलिभिजन मार्फत् प्रस्तुत गरे र मनग्गे नाफा कमाए ।
उनका टि.भी. कार्यक्रम हेरिसकेपछि विश्वविख्यात फिल्म उद्योग हलिउडका अभिनेता–अभिनेत्रीहरु उनका शिष्य बन्न आइपुगे । घण्टाको दुई हजार लिएर उनी कुङ्ग–पूm सिकाउँथे । अनि एक दिन उनलाई हलिउडबाट फिल्ममा द्वन्द्व निर्देशक (फाइट कम्पोजर) बन्ने निम्तो आयो, जसलाई उनले सहर्ष स्वीकार गरे । जेम्स कोर्बन, स्टीभ म्याकुइन, डी मार्टिन उनका चेला थिए । उनले थुप्रै हलिउड फिल्महरुमा द्वन्द्व निर्देशक भएर काम गरे । यो नयाँ भूमिकामा पनि उनी छिट्टै स्थापित र प्रख्यात भए ।
ब्रुस ली घण्टौं खेल्थे । उनी बिहान दगुर्थे, साइकल कुदाउँथे, कुङ्ग–पूm, जूडो–कराँते, जु–जीत्सुको कडा अभ्यास गर्थे । उनको कठोर अभ्यास देखेर मानिसहरु भन्थे, यो सब मान्छेले गर्न सक्ने काम होइन । भनिन्छ यही डरलाग्दो अभ्यासको कारणले अल्पायुमै उनको मृत्यु हुन गएको हो । उनी आप्mना चेलाहरुलाई भन्थे– म कुनै शैली होइन तर जम्मै शैली म नै हुँ । म के गर्छु तिमीहरुलाई थाहा हुँदैन । तिमीहरुको चाल हेरेर मेरो चाल निस्कन्छ । तिमीहरुको तरिका हेरेर मेरो तरिका जन्मन्छ ।
लगभग चार वर्ष अमेरिकामा ‘कुङ्ग–फू म्यान’ भएर बसेपछि एक दिन अचानक उनले अमेरिका परित्याग गर्ने निधो गरे र सपरिवार हङकङमा फर्किए । उनले हलिउडमा कमाएको ख्याति उनी हङकङमा दोस्रो पटक आउनु पहिला नै संसारभरि पैmलिसकेको थियो झन हङकङ नआइपुग्ने त कुरै भएन । हङकङमा उनलाई सोझै फिल्ममा अभिनेता भएर खेल्ने प्रस्ताव आयो । उनले यो नयाँ अवसर खेर जान दिएनन्, कुङ्ग–फू प्रशिक्षक ब्रुस ली अब अंग्रेजी एक्शन फिल्मका नायक भए ।
एक्शन नायकको रुपमा उनले अभिनय गरेका प्रारम्भिक फिल्महरुमा मुख्यतः ‘बेटम्यान’, ‘लङ स्ट्रीट’ ले मनग्गे कमाउन र चर्चा पाउन नसके पनि ‘फिस्ट्स अफ फ्यूरी’ ले सन्तोषजनक नै कमाउन सक्यो । यसपछि उनका चारवटा फिल्म निर्माण भए र प्रदर्शित भए, जसल उनलाई सर्वकालीन लोकप्रियता दिलाए । यी फिल्महरु पनि सदाबहार ‘हिट’ प्रमाणित भए । ब्रुस ली प्रमुख नायक भएर निर्माण भएका यी फिल्महरु थिए क्रमशः ‘द बिगबोस’, ‘द चाइनिज कनेक्शन’, ‘द वे अफ ड्रयागन’ र ‘इन्टर द ड्रयागन’ थिए । ‘इन्टर द ड्रयागन’ ले संसार पिट्यो । र यसले करोडौं कमाइ ग¥यो । विशेषतः ‘द वे अफ ड्रयागन’ मा उनको लडाईं (फाइट) अमेरिकामा लगातार सात पटकसम्म राष्ट्रिय कराँते च्याम्पियन रहिसकेका चक मोरिस भन्ने नामूद ‘फाइटर’ सँग भयो । तुलनात्क रुपमा होचो कदका ब्रुस ली र अग्ला चक मोरिसबीचको भिडन्तको दृश्य हेरिसकेपछि त ब्रुस लीको लोकप्रियता निर्विकल्प हुन गयो ।
फिल्मी दुनियाँका जानिफकारहरुका अनुसार, सन् १९७२ मा निर्मित ‘इन्टर द ड्रयागन’ ले त संसारमा नै सर्वाधिक चल्ने र सबैभन्दा बढी धन कमाउने फिल्महरुमध्ये त्यति बेलाका सबै कीर्तिमान भंग गरेको थियो । तर विश्वकै सर्वाधिक कमाउ र आफैंद्वारा अभिनित इन्टर द ड्रयागन फिल्म स्वयं उनले भने हेर्न पाएनन् । एक तथ्यांक अनुसार, उनको फिल्म ‘द बिगबोस’ ले देश करोड, ‘फिस्ट्स आफ फ्यूरी’ ले चौध करोड र ‘इन्टर द ड्रयागन’ ले एक अर्ब दस करोड रुपैयाँभन्दा बढी नाफा कमाएका थिए ।
अब उनको मूल्य निकै बढिसकेको थियो । उनी संसारकै सर्वाधिक महँगा नायक भइसकेका थिए । उनको सदाबहार सफल फिल्म ‘इन्टर द ड्रयागन’ को सम्पादन कार्य भइरहेको बेला अचानक उनको मृत्यु भएको थियो । यो बेला उनी केवल ३२ वर्षका थिए ।
२० जुलाई १८७३ को दिन, ब्रुस ली आफ्नो नयाँ फिल्म ‘गेम अफ डेथ’ को सम्बन्धमा त्यसका निर्माता र नायिका बेट्टी तिङ पीसँग नायिकाकै घरमा छलफल गर्नमा व्यस्त थिए । राति करिब ८–९ बजेतिर अचानक उनको टाउको एकदसँग असहनीय तरिकाले दुख्यो । बेट्टीले उनलाई औषधी दिइन् । उनलाई विश्राम गर्ने सल्लाह दिएर निर्माता बाहिरिए । रिङ्गटा लागेर ब्रुस ली भुइँमा पछारिए र बेहोश भए । कुनै थप उपचार सहायता आउनुअगावै उनले सधैंका लागि आँखा चिम्लिसकेका थिए ।
ब्रुस लीको मृत्यु हुने त्यो रहस्यमय रात भएको चाहिं के थियो त ? अलिकता बुझौं । आफ्नो मृत्यु हुने दिन ब्रुस ली हङकङका प्रसिद्ध फिल्म निर्माता रेमण्ड चाओसँगै अभिनेत्री बेट्टी तिङ पीको घरमा भेला भएका थिए । धेरै समयसम्म बसेर उनीहरुले ब्रुसलीको नयाँ फिल्म ‘गेम अफ डेथ’ का विभिन्न पक्षहरुबारे कुराकानी गरे, पटकथा, द्वन्द्व, सेट, प्रयोग गरिने प्रविधि आदिका बारेमा छलफल भयो । साँझ करिब सात बजेतिर रेमण्ड चाओ त्यस रात पूर्वनिर्धारित कार्यक्रमअनुसार हलिउडका एकजना प्रख्यात फिल्म निर्मातासँग डिनरको लागि एक होटलतिर हिंडे । तर ब्रुस ली अचानक टाउको दुख्न थालेको हुँदा चाओसँग गएनन् । बताइए अनुसार, रेमण्ड चाओ गइसकेपछि अभिनेत्री बेट्टी तिङ पीले ब्रुस लीलाई स्लीपिङ ट्याबलेट दिइन् । त्यो चक्की खाएर ब्रुस ली सुत्न गए । राति लगभग साढे नौ बजेतिर अभिनेत्री बेट्टीले निर्माता रेमण्ड चाओलाई फोन गरेर ब्रुस ली निद्राबाट ब्युँझदै नब्युँझेको जानकारी दिइन् । निर्माता रेमण्ड तत्काल आइपुगे । त्यति बेलासम्ममा ब्रुस लीका निजी चिकित्सक पनि आइसकेका थिए । चिकित्सकले तत्काल ब्रुस लीलाई अस्पताल लग्नु पर्ने सल्लाह दिए । बेट्टी तिङको घरनजिकै अस्पताल अव्यवस्थित थियो । तर ब्रुस लीलाई त्यहाँभन्दा धेरै टाढा क्वीन एलिजाबेथ अस्पताल पु¥याइयो । अस्पतालमा चिकित्सकहरुले उनलाई बचाउने अनेक प्रयास गरे तापनि ब्रुस लीलाई बचाउन सकेनन् । बेहोश भएपछि अस्पताल ल्याइएका ब्रुस ली त्यसपछि फेरि कहिल्यै ब्युँझिएनन् ।
ब्रुस लीको मृत्यु रहस्यमय थियो । उनको मृत्युको खबरले उनलाई चिन्ने–जान्नेहरु स्तब्ध भए । उनको मृत्युलाई लिएर संसारभरि बहस चल्यो । उनलाई संसारकै सबैभन्दा स्वस्थ व्यक्ति भनिन्थ्यो भने त्यस्तो व्यक्तिको केबल ३२ वर्षकै उमेरमा कसरी अचानक मृत्यु हुन सक्छ ? यही जिज्ञासा सर्वत्र थियो । हङकङ र अमेरिकी राज्य सिटालमा उनको मृत्युमा शोक मनाउनेहरुमा हजारौं मलामीहरु लाम लागेर हिंडे । हङकङबाट उनको शव अमेरिकाको सिटालमा लगियो त्यहाँ पनि मलामीको आश्चर्यलाग्दो जुलूस निस्कियो । उनको मृत्युको विषयमा व्यापक होहल्ला भयो । अन्ततः उनको रहस्यमय मृत्यु भएको दुई साता पछि ३ सेप्टेम्बर १९७३ मा हङकङ सरकारले उनको मृत्युका कारणहरुबारे सम्पूर्ण सत्यतथ्य पत्ता लगाउन एउटा विशेष जाँच आयोगको गठन ग¥यो ।
जाँच आयोगले अनुसन्धान गर्ने क्रममा ब्रुस लीको सम्बन्धमा केही नयाँ तथ्यहरु पनि सार्वजनिक भए । ब्रुस लीकी पत्नी लिण्ड लीका अनुसार पछिल्ला दिनहरुमा ब्रुस लीलाई नशालु औषधीहरुको सेवन गर्ने बानी परिसकेको थियो र ब्रुस ली मृत्यु हुनुभन्दा तीन महिना पहिले फिल्मको सुटिङ गर्दागर्दै बेहोश भई ढलेका थिए जसलाई चिकित्सकहरुले ब्रुस लीलाई (मिर्गी) छारे रोग लागेको हो भनेका थिए ।
लिण्ड लीले आफ्नो बयानमा के पनि भनिन् भने, छारे रोगले गर्दा ब्रुस ली त्यसरी ढलेको त्यो केवल पहिलो पटक थियो र त्यस दिन पनि उनले नशालु औषधी सेवन गरिसकेका थिए । उक्त घटनापछि चिकित्सकहरुले ब्रुस लीलाई नशालु औषधीहरुको सेवन पटक्कै नगर्ने सल्लाह दिएका थिए । तर उनले आफ्नो बानी छोडेनन् । एक पटक लिण्डाले यस सम्बन्धमा सोद्धा बु्रस लीले अलिअलि नशालु आषधी खाने हो भने सुटिङ गरिरहेको बेला आफ्नो शरीरमा अतिरिक्त स्फूर्ति र लचकता आउने गरेको बताएका थिए ।
तर चिकित्सकहरुले ब्रुस लीको मृत्यु अत्यधिक मात्रामा नशालु औषधीहरु सेवन गरेकोले भएको होइन भन्ने प्रमाणित गरे । यद्यपि ब्रुस लीको पेटमा नशालु औषधीका केही कणहरु फेला परेका भने थिए तर ती साह्रै थोरै थिए, कुनै व्यक्तिको मृत्युको कारण बन्न सक्ने हदसम्म पटक्कै थिएनन् ।
अरु केही चिकित्सकहरुले दिएको बयान अनुसार ब्रुस लीले मृत्यु हुनुभन्दा केही अघि समयदेखि नियमित रुपमा दुई किसिमका चक्की औषधी खाने गरेका थिए । एउटा औषधी दुखाइ कम गर्ने थियो भने अर्को औषधी उनले छारे रोगको पहिलो आक्रमण भएको लगत्तैदेखि खान थालेका थिए । एक पटक सुटिङ गर्दा उनलाई पिठ्युँमा निकै चोट लागेको थियो । यही चोटको दुखाइ कम गर्न उनी औषधी खाने गर्थे ।
पोस्टमार्टम गर्ने क्रममा ब्रुस लीको शरीरका केही भागको पनि परीक्षण गरिएको थियो । मस्तिष्कको परीक्षण गर्दा नराम्ररी सुन्निएको पाइयो । मस्तिष्क सुन्निनुको कारण के दिइयो भने, अभिनेत्री बेट्टी तिङ पीले ब्रुस लीलाई खान दिएको चक्की सम्भवतः ब्रुस लीले नियमित खाने दुईवटा औषधीहरुप्रति प्रत्युत्पादक, एलर्जिक थियो र त्यसैको प्रतिक्रियाले गर्दा ब्रुस लीको मृत्यु भएको हुन सक्छ ।
समग्र जाँच–अनसन्धान गरेपछि विशेष जाँच आयोगले तीन सातापछि आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै ब्रुस लीको मृत्यु ‘दुर्घटनावश भएको मृत्यु’ ९म्भबतज दथ mष्क(बमखभलतगचभ० भएको ठहर ग¥यो ।
यसरी ब्रुस लीको मृत्युका कारणहरुको खोजी गर्ने औपचारिकताको अन्त्य भएको थियो । तर मानिसहरुले ब्रुस लीको मृत्युका सम्बन्धमा अनेक चर्चा र थुप्रै कारणहरु दिदै आएका छन् । जेहोस्, उनको मृत्यु यसै कारणले गर्दा भएको हो भनेर कसैले पनि दावाका साथ भन्न सकेको छैन, त्यसैले ब्रुस लीको मृत्यु आजसम्म रहस्यकै विषय रहेको छ ।
छोटो जीवनकालमा जति लोकप्रिय भए मृत्युपछि ब्रुस लीको लोकप्रियता झन् बढेर गयो । विशेष गरी युवा पुस्ताले त उनलाई अधिक नै मनपराए, धेरै युवाका लागि उनी आदर्श नायक भएका छन् ।
ब्रुस लीले सधैं एक्सन प्रधान फिल्महरु खेले । उनी आफ्ना फिल्मका पटकथा प्रायः आफंै लेख्थे, जतिसुकै कठिन र जोखिमयुक्त अभिनय गर्नु परे पनि उनी आफ्नो अभिनय आफैं गर्थे, कुनै स्टन्टम्यान ‘डुप्लीकेट’ को मद्दत लिदैन थिए ।
जतिसुकै दाम र लोकप्रियता कमाएको भए पनि ब्रुस ली घमण्डी थिएनन्, उनी सहयोगी स्वभावका थिए । उनी आफ्नो खानपीनमा विशेष ध्यान पु¥याउँथे । उनलाई फलफूल र गाँजरको रस, दूध र अण्डा अत्याधिक मन पथ्र्यो । आफ्नो स्वास्थ्य र अनौठो किसिमले फूर्तिलो शरीरप्रति उनी पूर्ण सचेत थिए ।
उनी मार्शल आर्ट्सका नयाँ नयाँ पक्षहरुको खोजीमा रहन्थे, यसबारे पढ्ने गर्थे । उनले पूर्वीय मार्शल आर्ट्स कला ‘कुङ्ग–फू’ र कराँतेमा पाश्चात्य मल्लयुद्ध कलालाई समायोजन गरेर मार्सल आर्ट्सको एउटा नयाँ धारको आविष्कार गरेका थिए जसको नाम उनले ‘जीन कोन डो’ राखे । तर हाल यो शैली त्यतिविधि लोकप्रिय र प्रचलित छैन ।
ब्रुस लीले मार्शल आर्टस्को चिनियाँ पद्धति ‘कूङ्ग–फू’ सिकेका थिए । अझ भनौं, उनी कुङ्ग–फू शैलीका अद्वितीय खेलाडी थिए । कालान्तरमा उनको विशेषता नै के हुन पुग्यो भने, उनले मार्शल आर्ट्स कलालाई दुनियाँभरिका जनसाधारणसम्म पु¥याए र मार्शल आर्टलाई असाधारण लोकप्रियता प्रदान गरे ।