Nicolaus copernicus (निकोलस कोपर्निकस)“किन मित्र, सूर्य केही अगाडि बढ्यो ?”
“सूर्य कुन बेला उदाउँछ ?”
“कहिल्यै डुब्न लागेको सूर्य देखेका छौ, कति सुन्दर देखिन्छ ।”
–हाम्रो मुखले पनि त्यही कुुराको समर्थन गर्छ जे कुरा हाम्रो इन्द्रियले हामीलाई बताउँछ अर्थात् यो कि सूर्य हिंड्छ ।
तर हामीलाई थाहा छ हाम्रो बोली हाम्रा इन्द्रिय दुवै गलत छन् किनकि सूर्य होइन पृथ्वी हिंड्छ, पृथ्वी घुम्छ । तर कैयौं शताब्दीसम्म आम मानिसहरुलाई मात्र होइन वैज्ञानिक, ज्योतिर्विदलाई समेत यही विश्वास थियो कि पृथ्वी स्थिर छ र सारा ब्रम्हाण्डले यसको परिभ्रमण गर्छ ।
लगभग ईसाको १५० वर्षपछि मिश्रका एक प्रसिद्ध वैज्ञानिक टोलेमीले केही गणना गरे र ग्रह र नक्षत्रहरुको अवस्थितिको बारेमा केही सूचना गरे–जसमा धेरै कुरा सत्य निस्कियो । तर यो गणनामा पृथ्वीलाई केन्द्र मानिएको थियो, यसैले केही कुरा टोलेमी आफैंले बुझेनन् कि यो नक्षत्र कहिले काही आफ्नो बाटोबाट हटेर किन हिंड्न थाल्छ । (नक्षत्रको लागि ग्रीक भाषामा प्लानेट शब्द प्रयुक्त हुन्छ जसको मूल अर्थ हो, आभारा– आफ्नो बाटोबाट हटेर हिंड्ने मानिस ।)
टोलेमीभन्दा लगभग ४०० वर्ष पहिला एक ग्रीक ज्योतिषी, सामोस–निवासी एरिस्टार्कसले एक सिद्धन्त पेश गरेका थिए कि ब्रम्हाण्डको केन्द्र सूर्य हो तर यो विचार त्यो बेला यति असाधारण थियो कि एरिस्टार्कसको ज्योतिर्विज्ञानलाई एकदम उपेक्षा गरियो ।
शताब्दीयौं बित्यो र १५४० मा आएर पोल्याण्डका ज्योतिर्विद निकोलस कोपर्निकसले अनुभव गरे कि ग्रह नक्षत्रको जटिल गतिविधिको व्याख्या बडो सजिलैसँग गर्न सकिन्छ यदि हामी सूर्यलाई अचल बिन्दु मान्छौं भने र पृथ्वी तथा नक्षत्र आदिलाई यसको परिक्रमा गर्ने ताराको रुपमा स्वीकार गर्छौं । कोपर्निकस पोल्याण्डका एक ज्योतिर्विद त थिए नै साथै उनी गणितज्ञ, वैज्ञानिक, चिकित्सक, पादरी तथा राजनीतिज्ञ पनि थिए । तर कोपर्निकसको यो सिद्धान्त स्वीकार गर्न दुनियाँलाई १५० वर्ष अरु लाग्यो किनकि यो कल्पना हाम्रो इन्द्रियज्ञानको विरुद्ध जो थियो ।
निकोलस कोपर्निकसको जन्म १९ फेब्रुवरी १४७३ मा पोल्याण्डको तोरुन नामक शहरमा भएको थियो । कोपर्निकस निकोलस कोप्परर्निङ तथा बार्बरा वाक्जेनरोदका चार छोराछोरीमा उनी सबैभन्दा कान्छा थिए । कोपर्निकसका आमा–बाबु नगरका प्रतिष्ठित परिवारहरु मध्ये एक थिए । तोरुन एक समृद्ध व्यापार केन्द्र थियो र निकोलसका पिता केवल एक धनीमानी व्यापारी मात्र नभएर शहरका एक मजिस्ट्रेट र सामाजिक जीवनका प्राण पनि थिए । निकोलस जब दस वर्षका भए तब उनका बाबुको मृत्यु भयो र घरका मानिसले मिलेर निर्णय गरे कि बच्चाको पालना पोषण अब उनका मामा पारी ल्यूकस वाक्जे नरोदकोमा हुनुपर्छ ।
ल्यूकस एक पादरी थिए र स्वाध्यायनशील व्यक्ति पनि । उनको प्रभावमा निकोलसले पनि यो निश्चय गरे कि म पनि ठूलो भएर धर्म प्रचार गर्नेछु । उनको शिक्षा–दीक्षा पनि बालकको निजी प्रण अनुरुप गरियो ।
१८ वर्षको उमेरमा निकोलस पोल्याण्डको क्रेको विश्वविद्यालयमा भर्ना भए । क्रेको त्यो बेला पोल्याण्डको राजधानी थियो र युरोपभरमा यस शहरको समृद्धि तथा संस्कृतिको ख्याति थियो । देश विदेश जर्मनी, हंगेरी, इटली, स्विजरल्याण्ड, स्वीडेनबाट विद्यार्थी आफंै तानिएर क्रेको आउँथे, जहाँ पुगेर ल्याटिनमा उनको शिक्षा प्रारम्भ भयो । त्यो बेला ज्ञान विज्ञानको प्रतिपादन ल्याटिनमा हुने गथ्र्यो र पढ्न लेख्न र बोल्नको लागि यो एक आवश्यक शर्त झैं बनिसकेको थियो कि पहिला ल्याटिनमा अधिकार प्राप्त गर । ल्याटिनमा अधिकार प्राप्त गर्नको लागि निकोलसले दर्शन, ज्योतिर्विज्ञान, ज्यामिति, तथा भूगोल आदि विषयको अध्ययन शुरु गरे ।
ज्योतिर्विज्ञान, ज्यामिति तथा भूगोल आदि विषयको अध्ययन शुरु गरे ।
ज्योतिर्विज्ञानको अध्ययन त्यो बेला धेरै आवश्यक थियो । समुद्रको मार्ग भएर व्यापार द्रुत गतिमा बढिरहेको थियो । दिनदिनै ठूलो ठूलो जहाजको निर्माण हुँदै गइरहेका थिए र त्यसको यात्रा पनि लम्बिदै गइरहेको थियो । जब कोलम्बसले समुद्र पार गरेर अमेरिकको खोजी गरे तब कोपर्निकस १९ वर्षको भएका थिए । समुद्र यात्रको सारा प्रक्रिया ज्योतिष हिसाब किताबमा निर्भर थियो । एउटा अर्को कुरा जसको त्यो बेला अति नै आवश्यक भएको थियो, त्यो हो एउटा सही क्यालेण्डर बनाउनु किनकि चर्चमा पर्व तथा उत्सवहरु क्यालेण्डरको अभावमा ठीक समयमा मनाउन सकिएको थिएन ।
कोपर्निकसको शिक्षाको कथा हामीलाई सायद केही अनौठो पनि लाग्न सक्छ, क्रेको विश्व विद्यालय छोडेर उनी इटलीको बोलोना स्कुल अफ लमा गएर भर्ना भए । बोलोनापछि उनी पदुआ विश्वविद्यालयमा पुगे, जहाँ उनको पढाई नियमित रुपमा चलिरह्यो । आखिर १५०३ मा फेरारा विश्वविद्यालयबाट उनले डाक्टर अफ लजको उपाधि प्राप्त गरे । त्यो बेला विद्यार्थीहरु पढ्नको लागि एउटा विश्वविद्यालयबाट अर्को विश्वविद्यालयमा र दोस्रोबाट तेस्रोमा जाने गर्थे ।
निकोलस पोल्याण्ड फर्केर आएपछि पनि त्यहाँ उनी धेरै समय बसेनन् । उनले मामालाई सम्झाए कि धर्मसेवाको लागि डाक्टरी पढ्नु अति आवश्य छ र लाग्छ त्यो बेला उनको घरमा कुनै आर्थिक समस्या थिएन किनकि निकोलस यसरी ३० वर्षको कमाउनु पर्ने उमेरमा मेडिकल स्कुलमा पढ्नको लागि पदुआ फर्केर आउनुले यही प्रमाणित हुन्थ्यो ।
त्यो बेला चिकित्साशास्त्र र ज्योतिषशास्त्रका बीच निकट सम्बन्ध हुने गथ्र्यो । यो मान्ने गरिन्थ्यो कि शरीरका अंगहरुमा तथा ग्रहमण्डलको राशिका बीच गुह्य सम्बन्ध छ । राशिमण्डल ब्रम्हण्डमा त्यो क्षेत्रलाई भनिन्छ जहाँ सूर्य र अन्य प्रमुख नक्षत्रहरु परिक्रमा गरिरहेको देखिन्छ । यो क्षेत्र ३०–३० अंशको १२ भागमा विभक्त छ र हरेक भागको लागि एक पृथक संकेत र शकुन हुन्छ जसलाई राशिमण्डल शकुन भन्छन् । प्रायः हरेक महिना सूर्य यो क्षेत्रको एक सर्वथा भिन्न भागमा आउँछ तर नक्षत्र भने मोजमा आएर राशिमण्डलमा आएर जतासुकै आवारागर्दी गर्दै हिंड्छ । आजसम्म पनि यस्ता मानिसहरु छन् जो आफंैलाई ज्योतिषी भन्छन् र तपाईंको जन्मतिथि अनुसार सूर्य तथा नक्षत्रको अवस्थितिको गणना गरेर, त्यही कुण्डलीको आधारमा, तपाईंको सारा भाग्य (सारा जीवन) पहिला नै पढेर बताउन सक्छन् ।
विद्यार्थी कालमा नै निकोलसले फ्राएनबर्गको एक गिर्जाघरमा सानो पादरीको रुपमा जागिर पाए । यो जागिर पाउनुमा उनको पादरी मामाको प्रतिष्ठाले विशेष काम गरेको थियो । सम्पूर्ण रुपमा यसो भनिहाल्दा कोपर्निकसको अपमान हुन सक्छ किनकि उनको योग्यताको पनि यसमा महत्वपूर्ण हात थियो । जे होस् उनी यो पद सम्हाल्नको लागि पूर्ण रुपमा तयार भएर आएका थिए, धर्म विज्ञानमा तथा दर्शनमा उनले पर्याप्त दीक्षा पाएका थिए र उनी ईसाइयतको केन्द्र इटलीमा धेरै पटक यात्रा गरेर आएका थिए– चर्चको कानूनमा उनले डाक्टरेटको उपाधि पनि हासिल गरिसकेका थिए, उनलाई ग्रीक र ल्याटिन दुवै भाषा आउँथ्यो, ग्रीस तथा रोमको प्रख्यात दर्शन, गणित तथा विज्ञान सम्बन्धी ग्रन्थमा उनी निष्णात थिए ।
३३ वर्षको उमेरमा कोपर्निकसको शिक्षा दीक्षा समाप्त भएको थियो र त्यसपछि उनी आफ्नो बूढो र बिरामी मामाको सेवा–शुश्रूषाको लागि पोल्याण्ड फर्केर आए । त्यो बेला उनलाई धेरै फुर्सद थियो जुन फुर्सदको सदुपयोग गर्दै उनी आफ्नो पढाइ लेखाइ र स्वतन्त्र अध्ययन पनि जारी राख्न सक्थे र राखे पनि । यही स्वतन्त्र अध्ययनको परिणाम यो भयो कि उनी ब्रह्माण्ड व्यवस्थाको बारेमा एउटा नयाँ दृष्टिकोण विज्ञानलाई दिन सक्थे । मामाको मृत्युपछि कोपर्निकस फ्राएनबर्गको आफ्नो नोकरीमा फेरि फर्के । धेरै समयदेखि धर्मसेवाको उनको यो मिशन बीचैमा रोकिएको थियो । यहाँ पुगेर चर्चकै एक कोठामा उनी बस्न थाले जुन आजसम्म पनि छँदैछ, यसको नाम हो कोपर्निकस टावर । यही उनको वेधशाला थियो ।
शुरु शुरुमा ग्रहहरुको गणना गर्दे र नक्षत्र मण्डलको अध्ययन गर्दै कोपर्निकसले पनि प्राचीन तथा अरबी गणनालाई यथावत स्वीकार गरे । तर उनको मनमा अझै पनि यो थियो कि केही नयाँ गणना धेरै उपयोगी सिद्ध हुनसक्छः किनकि–मानिसमा एउटा शंका उत्पन्न भइसकेको थियो कि त्यो युगदेखि यो युगसम्म आइपुग्दा ब्रह्माण्डको स्थितिमा केही न केही परिवर्तन त अवश्य पनि आइसकेको होला । कोपर्निकसको यन्त्र कुनै सूक्ष्म यन्त्र थिएन, उनीद्वारा गरिएको आकाशीय गणनामा यूनानीद्वारा गरिएको १५०० वर्ष पुरानो गणनाको अपेक्षा थप केही सत्यता आउने आशा थिएन, आज जुन विश्वमा एक महान् वैज्ञानिकको रुपमा उनको ख्याति छ, त्यो उनको साधन एवं त्यसको गणनाको कारणले नभएर गणित तथा दर्शनको आधारमा तथा सूक्ष्म चिन्तनद्वारा ब्रह्माण्डको एक नुतन व्यवस्था परिकल्पित गर्न सक्नुको कारण नै हो । कोपर्निकसपछि पनि–ताइको ब्राहे तथा जोहन्स केपलर जस्ता अरु ज्योतिर्विद आए र उनीहरुले उनको भविष्यवाणीमा केही संशोधन पनि गरे तर यो दिशामा उपक्रम तथा प्रेरणा दुवै कोपर्निकस आफंैले नै दिएर गएका हुन् ।
१५३९ को वसन्तमा २५ वर्षको एक जर्मन युवक जर्ज रेटिकस कोपर्निकसकोमा आए । रेटिकस पनि आफंैमा एक प्रतिभाशाली व्यक्ति थिए र २८ वर्षको उमेरमा वित्तेनबर्ग विश्वविद्यालयमा उनलाई प्रोफेसरको काम पनि मिलिसकेका थियो । कोपर्निकस अहिले बूढो भइसकेका थिए । उनी रेटिकसलाई भेटेर धेरै खुशी भए । रेटिकसले पनि दुई वर्षभन्दा बढी कोपर्निकससँगै रहेर उनको वैज्ञानिक अनुसन्धान तथा हस्तलेखाको अध्ययन गरेर बिताए । रेटिकसले कोपर्निकसलाई उनको यो महान् खोजको प्रकाशन हुनुपर्ने कुरामा अनुरोध गरे र पहिलो पटक हस्तलेखनलाई प्रकाशन हेतु जर्मनीमा पठाए । यो पुस्कतको पूरा नाम हो, “रिभोल्यूशनिबस आर्बिअम सिलेस्टिअम” जसलाई संक्षेपमा आज हामी “रिभोल्यूशन्ज” (क्रान्ति) को नामले चिन्दछांै ।
दुर्भाग्यवश जब पुस्तक छापिएर पहिलो पटक कोपर्निकसको हातमा पुग्यो– र यो त्यो पुस्तक हो, जसलाई विज्ञान जगत न्यूटनको प्रिन्सिपिया (मूल सिद्धान्त) को समकोटीमा स्मरण गर्छन्, तब उनी कुनै पनि कुरामा स्पष्टरुपले केही सोच्न सक्ने अवस्थामा थिएनन् । उनी मृत्युको मुखमा पुगेका थिए । उनको शरीर र मन दुवै जीर्ण–शीर्ण अवस्थामा पुगेका थिए ।
रिभोल्यूशन्जको एक संक्षिप्त परिचय–
यस पुस्तकले लेखकको महानताको विषयमा केही संकेतमात्र छोडेको छ । कोपर्निकसको सिद्धान्तको केन्द्रबिन्दु यो हो कि ब्रह्माण्डलाई यदि एक समान्य चित्रद्वारा प्रस्तुत गर्नु छ भने सूर्यलाई केन्द्रमा राखेर यो मान्नुपर्ने हुन्छ कि हाम्रो पृथ्वीले ग्रहले भैंm सूर्यको परिक्रमा गरिरहेको छ । पृथ्वीको यही परिक्रमामा हाम्रो ऋतु परिवर्तनको रहस्य लुकेको छ । कोपर्निकसले पहिलो पटक यो कुरा स्पष्ट गरे कि आकाशमा ताराहरुको स्थिति, त्यसलाई इटलीबाट हेर्दा त्यही कदापि देखिदैन जुन मिश्रबाट हेर्दा देखिन्छ । उत्तरार्धबाट हामी तिनै ताराहरुलाई देख्न सक्दैनौं जसलाई हामी दक्षिणार्धबाट देख्न सक्छौं । यदि जहाजमाथि एउटा बत्ती राखियो भने जति जति जहाज समुद्रतिर बढ्नेछ त्यति त्यति बत्तीको प्रकाश मधुरो हुँदै जाने छ र केही क्षणपछि अदृश्य हुनेछः अदृश्य पनि यसरी हुनेछ जस्तो त्यो पानीमा डुब्दै गइरहेको छ । यी तथ्यलाई उनले एक युक्तिक्रममा बाँधे र सिद्ध गरेर देखाए कि पृथ्वी गोलो छ ।
कोपर्निकस यो कुरालाई गहिरो किसिमले विवेचना गर्दै गए कि यी तारा र नक्षत्र किन कहिले काँही आफ्नो परिक्रममा पथबाट विचलित हुँदै, कहिले अचानक अगाडि बढ्छन् भने कहिले बिनाकुनै कारण पछाडितिर फर्किन्छन् र कहिले काँही भने उनीहरुको चाल नै बन्द हुन्छ । उनले स्पष्ट गरे कि यदि सूर्यलाई ग्रहको यो गतिविधिको केन्द्र मान्ने हो भने, ग्रहहरुको परिक्रमाको यो दृश्यमा देखिएको अनियमितता एकदमसँगले छुमन्तर गरेभैंm हुन्छ । दोष हाम्रो दृष्टिकोणमा थियो, निर्जीव नक्षत्रको यात्रामा होइन ।
टोलमीको सिद्धान्तको अनुसरण गर्दै कोपर्निकस पनि आफ्नो गणितको सहायताले यो निष्कर्षमा पुगे कि ग्रहहरु यात्रामा यो अव्यवस्था एक वृत्तमा वा अनेकौं वृत्तमा तिनीहरुको गतिविधि मानेमा सायदै आउँछ, किनकि वृत्तको स्थापना स्वीकार गरेर नै हामी यो निष्कर्षमा पुग्छौं कि नक्षत्रको परिक्रमा आवृतिशील छ । कोपर्निकसले यो पनि सिद्ध गरेर देखाए कि पृथ्वीलाई ब्रह्माण्डको केन्द्र मान्ने आवश्यकता छैन अर्थात् यो आवश्यकता छैन कि त्यो साँच्चै यो सम्पूर्ण ग्रह मण्डलको केन्द्र नै हो । जब हामीलाई यो कुरा स्पष्ट छ कि यी सबै मण्डलहरु पार पाउनु हाम्रो मानव बुद्धिलाई असंभव छ र मण्डलको यो विपुलतामा सायद ब्रह्माण्डको वास्तविक केन्द्रबिन्दुमा पृथ्वीमा दूरीको केही पनि महत्व नरहन सक्छ । कोपर्निकसको कुरा हामी राम्ररी बुझ्न सक्छौं यदि हामीले १२ इञ्च व्यासको एउटा वृत्त खिच्यौं र त्यो भित्र एउटा सानो बिन्दु, वृत्तको केन्द्रबाट इञ्चको १६ औं भाग बराबर दूरीमा राखौं । अब यो सानो बिन्दु नै हेर्दा स्वयं वृत्तको केन्द्र प्रतीत हुन थाल्ने छ !
कोपर्निकसले आप्mनो पुस्तक ‘रिभोल्यूशन्ज’ मा पृथ्वी, चन्द्रमा तथा अन्य नक्षत्रको गतिविधिलाई सूक्ष्म विवेचना गरेका छन् । पुस्तकमा पृष्ठ–पृष्ठमा रेखाचित्र छ जसमा हरेक नक्षत्रको बाटो अंकित छ । साथै गणना सारणीहरु प्रस्तुत छन् जसद्वारा पाठकहरुले नक्षत्रको पृथ्वीबाट आपेक्षिक दूरी तथा स्थितिको विषयमा धेरै कुरा सही भविष्यवाणी गर्न सक्छन् । यी भविष्यवाणीमा केही गल्ती पनि रहेको थियो जसलाई केपलरले ठीक गरे । यसका दुईवटा कारण थिए । एउटा कारण त कोपर्निकससँग कुनै सूक्ष्मदर्शी यन्त्र थिएन दोस्रो जस्तो केपलरले सिद्ध गरेर देखाए कि नक्षत्रको परक्रमा बाटो वास्तवमा शुद्ध वृत्ताकार नभएर केही केही अण्डाकार छ । फेरि पनि, यी गणनामा पर्याप्त यथार्थता थियो जसको आधारमा एउटा नयाँ र धेरै मात्रमा सही, क्यालेण्डर ग्रेगोरियन क्यालेण्डर निर्माण गर्न सकिन्थ्यो ।
कोपर्निकसको अनुसन्धानको क्षेत्र, त्यो युगका अनेकांै महापुरुषको जस्तै विज्ञानमा मात्र सिमित थिएन । पोल्याण्ड त्यो बेला धेरै साना–साना राज्यमा बाँडिएको थियो, कतै कुनै स्थायी अर्थ–व्यवस्था थिएन । दिनदिनै कतै न कतै दुई साना राज्य बीचमा लडार्इं भइरहन्थ्यो, जसको परिणाम सामानको दाम बढिरहन्थ्यो । मानिसहरु शुद्ध सिक्का लुकाएर खोटो सिक्काको प्रयोग गर्थे ।
कोपर्निकसले एउटा किताब लेखे जसको माध्यमले उनले यो सल्लाह दिए कि पोल्याण्डका सबै राज्यमा एकै किसिमका सिक्का चलाइयोस् । सबैतिर सिक्काको समान वजन र बनावट होस् यसको लागि यो पनि जरुरी थियो कि पुरानो सारा सिक्काहरु पहिला एकदमसँगले सरकारलाई सुम्पिइयोस् । नाफाखोरहरुले यो कुरामा कोपर्निकसको घोर विरोध गरे र कोपर्निकसको परामर्श लागू गर्न सकिएन । यहाँ बडा अनौठो कुरा छ कि लगभग यस्तै हालतमा ब्रिटिश सरकारले जब सर आइज्याक न्यूटनलाई परामर्शको लागि बोलाएको थियो तब न्यूटनले सरकारलाई यस्तै सुझाव दिएका थिए जुन कोपर्निकसले पोल्याण्डमा दिएका थिए । र ब्रिटेनको भाग्यले न्यूटनको परामर्श मानिएको थियो ।
कोपर्निकस इतिहासमा पहिलो व्यक्ति थिएनन् जसले सूर्यलाई विश्वको केन्द्र मानेका हुन् । शताब्दीयौं पहिला ग्रीक ज्योतिर्विद–सामोसनिवासी एरिस्टार्कसले यही सिद्धान्त स्थापित गरेका थिए । तर सिद्धान्तको पुष्टिमा उनले, बस, तथ्यमा आधारित एउटा युक्तिश्रृंखला प्रस्तुत गर्न सकेनन् । यस्तो लाग्छ कि जस्तो प्रकृतिले यो रहस्य कोपर्निकसद्वारा उद्घाटन गर्नको लागि नै लामो समयसम्म आफ्नो हृदयमा लुकाएर राखेका होस्, जस्तो एरिस्टार्कसभन्दा १८०० वर्षपछि नै मानिसको बुद्धिले यसको सत्यतालाई मान्न सक्थ्यो ! कोपर्निकसले सिद्धान्त स्थापना कति सुन्दर ढंगले गरेका छन्, “यो सबको बीचमा सूर्य छ ! र, छ कोही जो यो चम्किलो तारालाई कही कतै अरु नै सुन्दर स्थानमा राख्न सक्छ ? यो ब्रह्माण्ड एक सुन्दर पूजा–मन्दिर हो, जसमा मन्दिरको अर्चना–दीप त्यहीं स्थापित गर्न सकिन्छ, जहाँबाट मन्दिरको कुनाकाप्चा जगमगाउन सकोस् ।”
आजको आधुनिक विज्ञानले कति धेरै कुरा थाहा पाइसकेको छ भने हामीलाई विश्वास गर्न कठिन हुन्छ । कुनै समय सूर्यले पृथ्वीको चक्कर लाउँछ भन्ने भ्रमबाट आज हामी सूर्य पनि स्थिर नभएर ग्यालेक्सीको चक्कर लगाइरहेको हुन्छ र हाम्रो ग्यालेक्सी आकाश गंगा समेत गतिमान रुपमा दौडिरहेको छ ब्रह्माण्डको यात्रामा । अनि यो ब्रह्माण्ड पनि फैलिरहेको छ । तर हाम्रो विज्ञानले त्यति मात्र थाहा पाउन सामथ्र्य राख्छ जहाँबाट हामीसम्म प्रकाश आइपुगेको छ । वास्तवमा ब्रह्माण्ड अनन्त छ र मानवको ज्ञातभन्दा पर छ ।Born : February 19, 1473, Poland
Died : May 24, 1543