काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले काठमाडौंको माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्ध "हाम्रो नोटमा हाम्रै देश-आन्तरिक मामिलामा नगर हस्तक्षेप" "नेपालको पश्चिमसम्मको भेग, लिम्पुवाधुरा र लिपुलेख!" "उठौ युवा एकै साथ-रोकौ भारतिय विस्तारवाद !" "MCC के हो? व्याख्यात्मक टिप्पणी के भो?" लगायतको नारा लगाउदै मोटरसाइकल र्याली गर्दै माइतीघरमा कोणसभा गरि समापन गरेका छन् । नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गरेको युवा संघका नेता बिशाल लामाले बताएका छन् । उक्त सभालाई युवा संघका अध्यक्ष कृष्ण विक, प्रवक्ता सन्जिप राई लगायतले सम्बोधन गरेका थिए ।