नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताए । उनले प्रदीपसँग आफूहरुले मिलेर काम गरेकै २० वर्ष बढी भइसकेको बताए । त्यस्तै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको सबै पक्ष राम्रो रहेको प्रतिक्रया दिए ।प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दिव्य देव, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् ।'जात्रा' र 'जात्रै जात्रा' चलचित्रकाे व्यावसायिक र समीक्षात्मक सफलतापछि 'महाजात्रा' तेस्राे शृङ्खलाका रूपमा आएकाे हो