काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आमीले दुई जना वैदेशिक रोजगार पीडितको उद्धार गरेको छ । मेनपावर कम्पनी मार्फत दुबई पुगेका उनीहरुलाई याताना दिइएको बताइएको छ ।आईटी आर्मी काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष टाईसन लामाको नेतृत्वमा रहेको टोलीले उनीहरुलाई उद्धार गर्न सफल भएको हो । सिन्धुलीका मिनमाया गोले, धादिङका रेनुका भण्डारीलाई आईटी आर्मीले उद्धार गर्न सफल भएको छ ।आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहका अनुसार कम्पनीमा काम गर्ने भनेर दलाल र एजेण्टले भिजिट भिसामा झुक्याएर पठाएको थियो । न्यू लाईट इन्टरनेशनल मेनपावर कम्पनी मार्फत उनीहरु गत १८ कातिकमा दुबई गएका थिए ।पीडित भण्डारीले ९ घण्टा भनेर १२ घण्टा काममा लगाएको बताईन् । पारिश्रमीक समेत आफूहरुले नपाएको उनले बताईन् । होटेलको काम भनेर लगेको तर आफूलाई भनेजस्तै काम नगरी शोषण गरेको आरोप उनले लगाईन् ।पीडितका दाई आईटी आर्मीका आईसन लामसंग भेटर घटनाको विवरण सुनाएपछि उनले मेनपावर कम्पनीमा गएर फिर्ता बोलाउनुपर्ने दबाब दिएका थिए । आईटी आर्मीको सक्रियता एवं दबाबमा उनीहरुलाई नेपाल फर्काइएको हो ।