
रौतहट, १७ फागुन ।
आम जनता पार्टी (आजपा)का संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । घरदैलो सहित साहले आज रौतहटमा हजारौंको सहभागितामा मोटरसाइल र्याली निकालेका छन् ।रौतहटको सुकदेव चौकबाट सुरु भएको मोटरसाइकल र्यालीमा हजरौंको सहभागिता रहेको थियो । सुकदेव चौक, गौर, पिपराबजार, सिर्सिया, हजमिनिया, पथरा, फुलवरिया, लौकाहा, माधवपुर, मानपुर, जयनगर, दिपही, खेसरहिया हुँदै मोटरसाइकल र्याली सखुअवामा पुगेर सभामा परिणत भएको थियो ।सभालाई सम्बोधन गर्दै रौतहट–१ का उम्मेदवार साहले आम मतदातासंग यसपटक मोबाइल छापमा मतदान गर्न अपिल गरेका छन् । रौतहट जिल्लाको समग्र विकासका लागि मोबाइल छापमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन उनले आग्रह गरे ।पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु रौतहटबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको उनले बताए । साथै, रौतहटको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ साहले भने ।जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न उनले आग्रह गरे । अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग उनले आग्रह गरेका छन् ।अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने साहले बताए ।आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।




























