
रौतहट, २९ चैत ।रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साह सहित वडा न. ४ को अध्यक्ष रामप्रवेश पटेल, वडा न.-९ को वडा अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरु आजपामा प्रवेश गरेका छन् ।आजप अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराउदै स्वागत गरेका छन् ।विभिन्न गाउँघरमा भेटघाट गर्दै मुलुक, जनता सहित स्थानीयको समस्या लगायत विभिन्न बिषयमा छलफल गर्दै अगाडी बढिरहेका आजपा अध्यक्ष साहले आज देवाहिगोनाहीमा भेटघाट गरेका छन् ।




























