
रोशन घर्तिमगर
काठमाण्डौ, २९ कार्तिक
स्वतन्त्र राजनैतिक शक्ति गठबन्धन अन्तर्गत काठमाण्डौ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २का प्रतिनिधि सभा प्रत्यक्ष तर्फका उम्मेदवार पुण्य प्रसाद् प्रसाईले चुनाव लक्षित घरदैलो अभियान शनिवार देखि सुरु गरेका छन् ।सचेत नेपाली पार्टिका केन्द्रिय अध्यक्ष समेत रहेका १ सय बढि पुस्तकका लेखक प्रसाईले काठमाण्डौ क्षेत्र नं १का प्रतिनिधि सभाका प्रत्यासि उम्मेदवार रमेश खरेल संगै कोणसभा गरी आधिकारीक रुपमा चुनाव लक्षित गतिबिधिहरु सुरुगरेको प्रसाईले जानकारी दिए ।
नेपालको राजनैतिक ईतिहाँसको विभिन्न कालखण्डहरुमा राजनैतिक परिवर्तनहरु भएपनि जनताको जनजिविकाको सवालमा जनताको अवस्था परिवर्तन नभएको भन्दै देशैभरी स्वतन्त्र तथा बौद्धिक जमात राजनितिमा यस पटक चुनाव मार्फत प्रतिस्पर्धा गर्दै छ ।
विभिन्न सामाजिक अभियानहरुमा सकृय प्रसाई लिपुलेक, लिम्पियाधुरा र कालापानि नेपालको भु-भागहो भन्दै पहिलोपटक देश दौडाहा गर्नै व्यक्ति हुन् ।काठमाण्डौ संघीए निर्वाचन क्षेत्र नं २ बाट सत्तारुढ गठबन्धनको तर्फबाट पुर्व सभामुख ओनसरी घर्ति र एमालेका मणिराम फुयाँलसंग चुनावि मैदानमा ओर्लिएका प्रसाईलाई जित्ने उम्मेदवारको रुपमा हेरीएको छ ।
काठमाण्डौ क्षेत्र नं २का जनताहरु पटक पटक पुराना पार्टिहरुबा ठगिएको भन्दै यस पटक यस क्षेत्रका जनताहरुले भोट बदल्ने बताएका छन् ।देशकै मुटु काठमाण्डौ भएतापनि बाटोघाटो, शिक्षा, स्वास्थ्य, बेरोजगारीको समस्या ज्युँका त्युँ रहेको भन्दै जनताहरुले यस पटक भोट बदल्ने बताएका छन् ।
२०७४ सालको निर्वाचनमा बिजय हासिल गरेका तत्कालिन नेकपाका उम्मेदवार माधव कुमार नेपालले जितेको क्षेत्र हो काठमाण्डौ संघीए निर्वाचन क्षेत्र नं २ ।
मधवकुमार नेपालले यो क्षेत्र छोडेपछि अन्तिम आसाकोरुपमा पुण्य प्रसाईको उम्मेदवारी लाई जनताले लिएका छन् ।
१० बर्षै द्धन्द्धको उपज ओनसरी र्घिर्त लाई टुरीस्ट उम्मेदवारको संज्ञा दिदै प्रसाईले ईमान्दार र कट्टर बि.पि.का अनुयायीहरुले गठबन्धनका नाममा माओवादीलाई भोट नहाल्ने भन्दै प्रसाईले त्यो भोट आफुलाई आउने दावि गर्छन् । संसदीय खेलमा बदनाम तथा करिब दुई तिहाईको सरकार टिकाउन नसक्ने र बिकासको नाममा सिन्को समेत नभाँच्ने ने.क.पा. एमालेको यस अघि परिक्षण भईसकेका कारण बिकास प्रमिहरुको भोट यस पटक प्रसाईलाई जाने राजनैतिक बिष्लेषकहरुको छ ।देशको सेनालाई शक्तिसालि बनाई देशको स्वाधिनताको रक्षा गर्नै एजेण्डाहरु सहित चुनावी मैदानमा आर्लिएका प्रसाईलाई अनितम समयमा आएर अन्य स्वतन्त्र उम्मेदवारहरुले पनि समर्थन गर्नै राजनैतिक पण्डितहरुको आँकलन छ । जित्ने र कामगर्नै उम्मेदवारको रुपमा हेरीएका प्रसाई संगै काठमाण्डौ निर्वाचन क्षेत्र नं २(क)मा खगेन्द्र राज बस्नेत प्रदेश सभा सदस्यका प्रत्यासि उम्मेदवार चुनावि मैदानमा छन् ।




























